विदेश पठाउँछु भनेर ६८ लाख ठगेको आरोपमा कन्सल्टेन्सी सञ्चालक पक्राउ

काठमाडौं । विदेश पठाउने भन्दै ६८ लाख रुपैयाँ ठगी गरेको आरोपमा एक कन्सल्टेन्सी सञ्चालक पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा काठमाडौं महानगरपालिका–१० मा रहेको ह्याप्पी एजुकेशन कन्सल्टेन्सीका सञ्चालक चितवनको राप्ती नगरपालिका–२ घर भएका ३२ वर्षीय बद्री सिलवाल छन् ।

अध्ययन भिसामा २ विद्यार्थीलाई पोर्चुगल पठाउने भन्दै २१ लाख ७० हजार जम्मा गर्न लगाई उनी फरार भएका थिए । यो घटनामा उनलाई प्रहरी वृत्त लैनचौरले पक्राउ गरेको हो ।

Artha Sanjal

Leave a Reply

Your email address will not be published. Required fields are marked *