साढे २ किलो चाँदीसहित नागढुंगाबाट एक युवक पक्राउ

काठमाडौं । नेपाल प्रहरीले नागढुङ्गाबाट अवैध रूपमा ल्याइँदै गरेको चाँदीसहित एक जनालाई पक्राउ गरेको छ।

प्रहरी प्रभाग नागढुङ्गाको टोलीले वीरगञ्जबाट काठमाडौँतर्फ आउँदै गरेको मप्र ०१–००१ ख ७७२१ नम्बरको यात्रुबाहक बस चेकजाँच गर्ने क्रममा २.५ किलो चाँदीसहित एक युवकलाई पक्राउ गरेको हो।

पक्राउ पर्नेमा वीरगञ्ज महानगरपालिका–१६ का २५ वर्षीय किसन साह रहेका छन्। जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता तथा प्रहरी उपरीक्षक पवनकुमार भट्टराईका अनुसार साहले बसमा लुकाएर चाँदी ल्याइरहेको अवस्थामा पक्राउ गरिएको हो।

Artha Sanjal

Leave a Reply

Your email address will not be published. Required fields are marked *