बैंकिङ कसुरका फरार व्यक्ति पक्राउ
सिरहा। लेनदेन तथा बैंकिङ कसुर मुद्दामा अदालतबाट दोषी ठहर भई फरार रहेका दुई जनालाई सिरहा प्रहरीले पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय सिरहाका अनुसार लेनदेन बिगो मुद्दामा सिरहा जिल्ला अदालतले २०७९ साल माघ १७ गते दुई वर्ष कैद सजाय सुनाएका ४५ वर्षीय रामजनम यादव पक्राउ परेका हुन्। सिरहाको कल्याणपुर नगरपालिका–१० निवासी यादवलाई छिमेकी विष्णुपुर गाउँपालिका–१ स्थित…



