सरकारद्वारा १ मिलियन स्वीस फ्रेन्क अनुदान स्वीकार
काठमाडौँ । आज बुधबार बसेको मन्त्रिपरिषद्को बैठकले बेपत्ता पारिएका व्यक्तिहरूको छानबिन तथा सत्य निरुपण मेलमिलाप कोषका लागि स्विजरल्यान्ड सरकारबाट स्वीस फ्रेन्क एक मिलियन बराबरको अनुदान सहायता प्राप्त गर्ने निर्णय गरेको छ । द्वन्द्वकालमा बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरुपण र मेलमिलाप प्रक्रियालाई अगाडि बढाउन यो अनुदान महत्वपूर्ण सहयोग पुग्ने सरकारले विश्वास लिएको छ । मन्त्रिपरिषद्…



