कांग्रेसले बोलायो प्रदेश सभापति र मुख्यमन्त्रीको बैठक

काठमाडौं । नेपाली कांग्रेसले सातै प्रदेशका सभापति, आफ्नो दलबाट रहेका मुख्यमन्त्री, प्रदेश संसदीय दलका नेताहरूसँग छलफल गर्ने भएको छ । ६ वैशाखमा केन्द्रीय कार्यालय सानेपामा छलफलका लागि प्रदेश सभापति, मुख्यमन्त्री र प्रदेश संसदीय दलका नेताहरूलाई कांग्रेसले बाेलाएको छ । कांग्रेसले उपसभापति विश्वप्रकाश शर्मालाई प्रदेश र स्थानीय तहका जनप्रतिनिधिलाई समन्वय गर्ने जिम्मेवारी तोकेको छ । बैठकमा कांग्रेसले…

Read More

सभामुखद्वारा १० सांसदको संसदीय समिति हेरफेर

काठमाडौँ । प्रतिनिधि सभामा संसदीय समिति हेरफेर गरिएको छ। सभामुख डोलप्रसाद अर्यालले १० सांसदको समिति सदस्यता परिवर्तन गरेका हुन्। प्रतिनिधि सभाका सचिव हर्कराज राईद्वारा जारी विज्ञप्तिअनुसार अधिवेशन सुरु भएपछि सहमतिको लागि प्रस्ताव पेश गर्ने गरी यो हेरफेर गरिएको हो। हेरफेरअनुसार संसदीय सुनुवाइ समितिमा रञ्जु न्यौपानेको स्थानमा पुनमकुमारी अग्रवाल र चन्दनकुमार सिंहको स्थानमा दीपकराज बोहोरा नियुक्त…

Read More

लैङ्गिक दृष्टिकोणबाट भूराजनीति पुनर्व्याख्या गर्न आवश्यक : विद्या भट्टराई

काठमाडौं । पूर्वशिक्षा, विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराईले भूराजनीतिलाई लैङ्गिक दृष्टिकोणबाट पुनः व्याख्या गर्न आवश्यक रहेको बताएकी छन् । काठमाडौंमा आयोजित ‘लैङ्गिक दृष्टिकोणबाट भूराजनीतिको पुनःपरिवर्तन’ विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै उनले भूगोल र राजनीति बीचको सम्बन्ध स्थिर नभई समयअनुसार परिवर्तनशील हुने धारणा व्यक्त गरिन् । उनले भनिन्, ‘भूगोलले राजनीतिलाई कसरी प्रभाव पार्छ भन्ने विषयलाई एउटै परिभाषाभित्र…

Read More

सामाजिक न्यायका लागि संघर्ष गरेका महिलाहरूको योगदान प्रेरणादायी : भण्डारी

काठमाडौं । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले वर्गीय मुक्ति, लैङ्गिक समानता र सामाजिक न्यायका लागि संघर्ष गरेका महिलाहरूको योगदान प्रेरणादायी रहेको बताएकी छन्। बिहीबार काठमाडौंमा आयोजित ‘भूमिगत महिला’ पुस्तक चर्चा कार्यक्रममा बोल्दै उनले पार्टी निर्माणमा महिलाहरुको विभिन्न भूमिकाहरू हुने उल्लेख गर्दै पुस्तकमा तीमध्ये एउटा पक्षलाई बढी उजागर गरिएको बताइन्। उनले त्यतिबेलाको कठिन परिस्थितिमा पार्टीको विचारलाई आत्मसात गर्दै…

Read More

शिक्षा समितिको सभापतिमा एमाले र रास्वपाको उम्मेदवारी

काठमाडौँ । प्रतिनिधि सभाको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको सभापतिमा दुई जनाको उम्मेदवारी परेको छ । बिहीबार भएको मनोनयन दर्तामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट ओजस्वी शेरचन र नेकपा एमालेबाट गुरु बरालले उम्मेदवारी दिएका हुन्। संसदीय समिति सभापतिको निर्वाचन शुक्रबार हुँदैछ । त्यसका लागि आज १२ वटै समिति सभापतिका लागि उम्मेदवारी दर्ता गरिएको छ।…

Read More

रास्वपा संसदीय दलको उपनेता गणेश पराजुली

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीले सांसद गणेश पराजुलीलाई प्रतिनिधिसभा संसदीय दलको उपनेतामा गणेश पराजुलीलाई चयन गरेको छ । आज बसेको संसदीय दलको बैठकले पार्टीको मुख्य सचेतकमा कविन्द्र बुर्लाकोटी, सचेतकहरूमा प्रकाशचन्द्र परियार र क्रान्तिशिखा धिताललाई चयन गरेको छ ।

Read More

सार्वजनिक लेखा समितिको सभापतिमा कांग्रेस सांसद खड्काको मनोनयन दर्ता

काठमाडौं । नेपाली कांग्रेसका सांसद भरतबहादुर खड्काले प्रतिनिधिसभाको सार्वजनिक लेखा समितिको सभापति पदमा मनोनयन दर्ता गरेका छन् । आजै कांग्रेस संसदीय दलले खड्कालाई लेखा समितिको सभापतिमा पठाउने निर्णय गरेको थियो । सोही निर्णयका आधारमा खड्काले मनोनयन दर्ता गराएका छन् । आज प्रतिनिधिसभाका संसदीय समितिमा मनोनयनको कार्य तालिका छ ।  

Read More

रास्वपाले तोक्यो लेबी : मन्त्रीलाई १८ हजार, सांसदलाई साढे १६ हजार

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले मन्त्री र सांसदहरूका लागि लेबी तोकेको छ । बिहीबार सिंहदरबारमा बसेको संसदीय दलको बैठकले सांसदबाट १६ हजार ५ सय र मन्त्रीबाट १८ हजार रुपैयाँ लेबी लिने प्रस्ताव पारित गरेको मुख्य सचेतक कबिन्द्र बुर्लाकोटीले जानकारी दिए। त्यस्तै, स्वकीयहरूका लागि पनि २ हजार लेबी तोक्ने प्रस्ताव पारित भएको छ ।…

Read More

कांग्रेसले लेखा समिति सभापतिमा भरत खड्कालाई उम्मेदवार बनाउने

काठमाडौं । प्रतिनिधिसभाको सार्वजनिक लेखा समितिको सभापतिमा नेपाली कांग्रेसले भरत खड्कालाई उम्मेदवार बनाउने भएको छ । डोटीबाट निर्वाचित सांसद खड्कालाई लेखासमितिको सभापतिको उम्मेदवार बनाउने निर्णय भएको हो । आज संसदीय समितिका सभापतिहरूको मनोनयन तालिका छ । त्यसअघि दलहरूले सभापतिको उम्मेदवार चयन गरिरहेका छन् ।

Read More

लेखा समितिको सभापति कांग्रेसलाई दिने रास्वपाको निर्णय

काठमाडौं । लेखा समितिको सभापति कांग्रेसलाई दिने रास्वपाले निर्णय गरेको छ । सिंहदरबारमा बसेको संसदीय दलको बैठकले उक्त निर्णय लिएको हो । कांग्रेसले लेखा समितिको सभापतिमा मोहन आचार्यलाई अघि सार्ने तयारी गरेको छ । लेखा समितिको सभापतिमा एमाले र नेकपाले कांग्रेस उम्मेदवारलाई सघाउने निर्णय भएको नेकपा प्रमुख सचेतक युवराज दुलालले बताए । प्रतिनिधिसभाका संसदीय समितिका…

Read More

अर्थमन्त्री समक्ष व्यवसायीले राखे सहुलियतपूर्ण कर्जाको माग

काठमाडौं । नेपाल राष्ट्रिय व्यवसायी महासंघले अर्थमन्त्री डा. स्वर्णिम वाग्लेलाई भेटेर उद्योगी व्यवसायीका समस्याप्रति संवेदनशील हुन आग्रह गरेको छ । मुलुकको वर्तमान आर्थिक शिथिलता र साना तथा मझौला व्यवसायीले भोग्नुपरेका समस्याबारे महासंघले अर्थमन्त्री वाग्लेलाई भेटेर ध्यानाकर्षण गराएको हो । महासंघका अध्यक्ष नरेश कटुवालले हाल व्यापारिक अवस्था निकै नाजुक रहेको र व्यवसाय उक्सिने स्थिति नरहेको बताए…

Read More

रास्वपाले टुङ्ग्यायो समिति सभापति उम्मेदवार (सूचीसहित)

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले संसदीय समितिको सभापतिका उम्मेदवार टुङ्गो लगाएको छ । बिहीबार बसेको रास्वपा संसदीय दलको बैठकले २ संयुक्तसहित १० एक समितिका सभापतिको उम्मेदवार टुङ्ग्याएको हो । सार्वजनिक लेखा समितिको सभापति भने रास्वपाले प्रमुख प्रतिपक्ष दललाई दिने भएको छ । संसदीय समितिहरुको निर्वाचन शुक्रबार हुँदैछ । यस्ताे छ सूची :

Read More

रास्वपाको मुख्य सचेतकमा बुर्लाकोटी, सचेतकमा परियार र धिताल

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले एक जना मुख्य सचेतक र दुई जना सचेतक चयन गरेको छ । आज बसेको पार्टीको संसदीय दलको बैठकले सो निर्णय गरेको हो । बैठकले मुख्य सचेतकमा कबिन्द्र बुर्लाकोटीलाई चयन गर्ने निर्णय गरेको छ । त्यस्तै, बैठकले सचेतकमा प्रकाशचन्द्र परियार र क्रान्तिशिखा धिताललाई चयन गर्ने निर्णय गरेको छ ।…

Read More

दाइजो लेनदेन भएको विवाहमा जान्न, ‘दहेजमुक्त विवाह’ सन्देश प्रवाह गरौं : उपसभामुख

सर्लाही । उपसभामुख रुबीकुमारी ठाकुरले दाइजोको लेनदेन हुने विवाह समारोहमा आफू सहभागी नहुने घोषणा गरेकी छन् । सामाजिक सञ्जाल फेसबुकमार्फत उनले यस्तो धारणा सार्वजनिक गर्दै दहेज प्रथाविरुद्ध कडा सन्देश दिएकी हुन् । उनले दाइजोमा आधारित विवाहमा उपस्थित हुन असमर्थ रहने स्पष्ट पार्दै समाजलाई दहेजमुक्त, समानतामा आधारित र सुसंस्कृत विवाह अभ्यासतर्फ अग्रसर हुन आग्रह गरेकी छन्…

Read More

शासकीय सुधारमा स्वास्थ्य मन्त्रालयको तीव्र प्रगति : २० दिनमै निःशुल्क स्वास्थ्य पोर्टल सञ्चालन

काठमाडौं । नेपाल सरकारको शासकीय सुधार कार्ययोजना अन्तर्गत स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले २० दिनमै निःशुल्क स्वास्थ्य पोर्टल सञ्चालन ल्याएको छ । मन्त्रालयले ३० दिनभित्र सम्पन्न गर्ने लक्ष्य राखिएको निःशुल्क स्वास्थ्य पोर्टल २० दिनमै सञ्चालनमा ल्याएर हो । उक्त पोर्टलमार्फत विपन्न, असहाय तथा बेवारिसे नागरिकलाई स्वास्थ्य उपचारमा सहज पहुँच सुनिश्चित गर्ने लक्ष्य राखिएको छ । हालसम्म…

Read More

संविधान विपरित स्थानीय तहमा निर्वाचित महिला हटाउन मिल्दैन : उर्मिला थपलिया

काठमाडौं । नेपाली कांग्रेसकी प्रतिनिधि सभा सदस्य उर्मिला थपलिया(सीता)ले धादिङ जिल्लामा विकास निर्माणका कामलाई प्राथमिकता दिन माग गरेकी छिन् । वुधबार प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)सँगको छलफलमा उनले राष्ट्रिय एवम क्षेत्रीय विषयहरुसहितको माग अघि सारेकी हुन् । उनले समाजमा व्याप्त चरम वेथिति र कुशासनका कारण जनताले स्थायित्वसहित समृद्धिको अपेक्षा गरेकाले जनताको विश्वास र भरोसा माथि खेलवाड…

Read More

एप्क्यानमा आन्तरिक विवाद : बाहिरिए निवर्तमान अध्यक्ष प्रज्वल बस्नेत

काठमाडौं । शैक्षिक परामर्श व्यवसायीहरूको नयाँ र वैकल्पिक छविका रूपमा स्थापित गरिएको शैक्षिक परामर्श व्यवसायी सङ्घ नेपाल (एप्क्यान) भित्र चर्किएको आन्तरिक विवाद सतहमा आएको छ। संस्थाका सञ्चालक तथा निवर्तमान अध्यक्ष प्रज्वल बस्नेतले संस्थाबाट आफू पूर्ण रूपमा अलग हुने घोषणा गर्दै नेतृत्व तहमा गुटबन्दी, व्यक्तिगत स्वार्थ, पदको लोभ, राजनीतिक प्रभाव र सीमित व्यक्तिको नियन्त्रण हावी भएको…

Read More

सडक र सहरी सुरक्षा तथा व्यवस्थापनमा महानगर र प्रहरी बिचको सहकार्य बलियो बनाइने

काठमाडौं । सडक सुरक्षा, सहरी सुरक्षा र सहरी व्यवस्थापनमा काठमाडौँ महानगरपालिका र नेपाल प्रहरी बिचको सम्बन्ध थप बलियो बनाइने भएको छ । काठमाडौँ महानगरपालिकाका कार्यवाहक प्रमुख सुनिता डंगोल र प्रहरी महानिरीक्षक दानबहादुर कार्कीका बिचमा भएको भेटघाटका क्रममा सडक, सहरी सुरक्षा र सहरी व्यवस्थापनमा अहिलेको अवस्था र आवश्यकतामा छलफल गर्दै आपसी सम्बन्धलाई थप बलियो बनाएर नागरिकलाई…

Read More

सभापति गगन थापालाई कांग्रेसका असन्तुष्ट नेताहरूसँग छलफल गर्ने जिम्मा

काठमाडौँ । नेपाली कांग्रेसले पार्टीभित्र देखिएको असन्तुष्टि समाधान गर्न संवाद प्रक्रिया अघि बढाउने निर्णय गरेको छ। यसका लागि पार्टीले सभापति गगन कुमार थापालाई असन्तुष्ट नेताहरू, पुराना पदाधिकारी र अग्रजहरूसँग छलफल गर्ने जिम्मेवारी दिएको छ। पार्टीका प्रवक्ता देवराज चालिसेका अनुसार कांग्रेस अहिले पन्ध्रौं महाधिवेशनको तयारीमा रहेकाले उक्त महाधिवेशन समयमै सम्पन्न गर्न सबै पक्षबीच समन्वय आवश्यक रहेको…

Read More

धेरैजसो मन्त्रीले सम्पत्तिको स्रोत खोलेका छन् : सस्मित पोखरेल

काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधि एवं युवा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले सबैजसो मन्त्रीहरूले आ–आफ्नो सम्पत्ति विवरणको स्रोत खोलेको बताएका छन् । बुधबार मन्त्रिपरिषद् बैठकपछि सञ्चारकर्मीसँग कुराकानी गर्ने क्रममा उनले सरकारका सबै मन्त्रीहरुले सम्पतिको स्रोत खुलाएको बताउँदै ०६२/०६३ यता अहिलेसम्म राजनीतिक पदमा बसेका सबैको सम्पत्ति समेत छानबिन हुने पनि बताए । ‘स्रोत धेरैजसोमा खोलेकै देखिन्छ…

Read More