क्रियाशील सदस्यता खारेज नगरिएको महामन्त्रीद्वयको स्पष्टोक्ति
काठमाडौं । नेपाली कांग्रेसका महामन्त्रीद्वय प्रदीप पौडेल र गुरुराज घिमिरेले पार्टीको क्रियाशील सदस्यता खारेज गर्ने नभई व्यवस्थित र अद्यावधिक गर्ने अभियान सुरु गरिएको स्पष्ट पारेका छन्। सामाजिक सञ्जालमार्फत धारणा सार्वजनिक गर्दै उनीहरूले पछिल्लो समय “क्रियाशील सदस्यता खारेज हुँदैछ” भन्ने भ्रम फैलिएको भन्दै त्यसलाई असत्य र भ्रामक प्रचारको संज्ञा दिएका छन्। पार्टीले सदस्यता प्रणालीलाई सुदृढ, पारदर्शी…



