सङ्घीय संसद्का २ संयुक्त समितिमा राष्ट्रिय सभातर्फका सदस्य मनोनीत

काठमाडौँ । सङ्घीय संसद्का दुई संयुक्त संसदीय समितिमा राष्ट्रिय सभाका तर्फबाट सदस्यहरू मनोनीत गरिएको छ।

राष्ट्रिय सभाअन्तर्गत कार्यव्यवस्था महाशाखाले सोमबार विज्ञप्ति जारी गर्दै संसदीय सुनुवाइ समिति र राज्यका निर्देशक सिद्धान्त, नीति तथा दायित्वको कार्यान्वयन अनुगमन तथा मूल्यांकन समितिमा ३–३ जना सांसद चयन गरिएको जानकारी दिएको हो।

विज्ञप्तिअनुसार संसदीय सुनुवाइ समितिमा आनन्दप्रसाद ढुङ्गाना, नरबहादुर विष्ट र प्रेमप्रसाद दंगाल मनोनीत भएका छन्।

यस्तै, राज्यका निर्देशक सिद्धान्त, नीति तथा दायित्वको कार्यान्वयन अनुगमन तथा मूल्याङ्कन समितिमा किरणबाबु श्रेष्ठ, मदनकुमारी शाह (गरिमा) र डा. अञ्जान शाक्यलाई सदस्य बनाइएको छ।

उक्त समितिहरूले संवैधानिक निकायहरूको सुनुवाइ तथा राज्यका नीतिगत विषयहरूको कार्यान्वयन अनुगमनमा महत्वपूर्ण भूमिका निर्वाह गर्नेछन्।

 

Artha Sanjal

Leave a Reply

Your email address will not be published. Required fields are marked *