काठमाडौँ । मन्त्री पद नपाएपछि नेपाली कांग्रेसका सांसद द्रोर्णकुमार कुँवरले पदबाट राजीनामा दिएका छन्।
बागलुङ जिल्ला क्षेत्र नम्बर २ (२) बाट प्रत्यक्ष निर्वाचित कुँवरले गण्डकी प्रदेशसभाका सभामुखलाई सम्बोधन गर्दै बुधबार राजीनामा बुझाएका छन्। उनले आफ्नो राजीनामा वैशाख २ गतेदेखि लागू हुने गरी दिएको उल्लेख गरेका छन् ।
राजीनामा पत्रमा उनले आफूलाई निर्वाचित गराउन विश्वास र मत दिएको मतदाता तथा समर्थकप्रति आभार व्यक्त गरेका छन्। जनताको विश्वासअनुसार काम गर्न नसकेको भन्दै क्षमायाचनासमेत गरेका छन्।
उनले कुनै सार्वजनिक पदमा नरहे पनि जनताप्रतिको सेवा निरन्तर रहने बताएका छन्।
कुँवर नेपाली कांग्रेसका महासमिति सदस्यसमेत हुन्। आजै गण्डकी प्रदेशको मन्त्रिपरिषद् पुनर्गठन भएको थियो । जसमा उनी आकांक्षी भएपनि नाम समेटिएको थिएन ।
Artha Sanjal







