बिहारका मुख्यमन्त्री नीतीशले दिए राजीनामा

काठमाडौं। बिहारका मुख्यमन्त्री नीतीश कुमारले पदबाट राजीनामा दिएका छन्। उनले राज्यपालसमक्ष राजीनामा बुझाएको पुष्टि गरेका छन्। राजीनामापछि उनले सामाजिक सञ्जाल एक्समार्फत वक्तव्य जारी गर्दै सबैप्रति धन्यवाद व्यक्त गरेका छन्।

साथै, नयाँ बन्ने सरकारलाई आफ्नो “पूर्ण सहयोग र मार्गदर्शन” रहने बताएका छन्।

आफ्नो कार्यकाल सम्झँदै उनले भने, “२४ नोभेम्बर २००५ मा पहिलोपटक राज्यमा एनडीए सरकार गठन भएको थियो।त्यसयता राज्यमा कानुनको शासन स्थापित भएको छ र हामी निरन्तर विकासका काममा लागिरहेका छौं।”

उनले आफ्नो नेतृत्वमा सबै वर्ग, धर्म, जाति र समुदायको समावेशी विकास गरिएको दाबी गरेका छन्।

नीतीश कुमारले भने, “शिक्षा, स्वास्थ्य, सडक, बिजुली, कृषि लगायत सबै क्षेत्रमा काम गरिएको छ। महिला र युवाहरूका लागि पनि धेरै पहल गरिएको छ।” यसअघि उनी मार्च महिनामा बिहारबाट राज्यसभा सदस्यमा निर्वाचित भएका थिए र सांसदको शपथ पनि लिइसकेका छन्।

Artha Sanjal

Leave a Reply

Your email address will not be published. Required fields are marked *