कांग्रेसले सोध्यो पूर्णबहादुर खड्कालाई स्पष्टीकरण

काठमाडौं । नेपाली कांग्रेसले नेता पूर्णबहादुर खड्कालाई ७ दिने स्पष्टीकरण सोधेको छ। आज बसेको अनुशासन समितिको बैठकले खड्कालाई कारबाहीको लागि स्पष्टीकरण सोध्ने निर्णय गरेको हो ।

खड्काले पार्टीको नक्कली लेटरप्याड बनाएर आफूसँग नभएको जिम्मेवारी उल्लेख गरी अनधिकृत वक्तव्य जारी गरेको पाइएको अनुशासन समितिको ठहर छ ।

खड्काले २०८२ चैत १४ गते समेत यस्तै प्रकृतिको अनाधिकृत वक्तव्य जारी गरेका थिए । उक्त समयमा अनुशासन समितिले २०८२ चैत १८ गते निर्णय गर्दै उनलाई ‘एक पटकका लागि सचेत गराउने’ निर्णय गरेको थियो ।

तर, समितिले सचेत गराउँदा गराउँदै पनि खड्काले पुनः २०८२ चैत ३० गते नेपाली कांग्रेसको नक्कली लेटरप्याड प्रयोग गरी आफू पदमै रहेको दाबी गर्दै प्रेस विज्ञप्ति जारी गरेको समितिको भनाइ छ । यो कार्य पार्टीको विधान २०१७ (संशोधन सहित) को धारा ३४ को उपधारा ८ (घ) बमोजिम अनुशासन उल्लंघन भएको समितिले जनाएको छ ।

खड्कालाई ७ दिनभित्र यस विषयमा चित्तबुझ्दो जवाफ पेश गर्न निर्देशन दिइएको छ ।

Artha Sanjal

Leave a Reply

Your email address will not be published. Required fields are marked *