यस्तो छ, आजको तरकारी तथा फलफूलको मूल्य

काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आज (शुक्रबार) का लागि कृषिउपजको न्यूनतम थोक मूल्य सार्वजनिक गरेको छ । समितिका अनुसार गोलभेँडा ठूलो (भारतीय) प्रतिकिलो ७५ रुपैयाँ, गोलभेँडा सानो (लोकल) प्रतिकिलो ४८ रुपैयाँ, गोलभेँडा सानो (भारतीय) प्रतिकिलो ४८ रुपैयाँ, गोलभेँडा सानो (तराई) प्रतिकिलो ५५ रुपैयाँ, आलु रातो प्रतिकिलो २० रुपैयाँ र आलु रातो (भारतीय)…

Read More

यस्तो छ, शुक्रबार विदेशी मुद्राको विनिमय दर

काठमाडौं । नेपाल राष्ट्र बैंकले शुक्रबारका लागि विदेशी मुद्राको विनिमयदर सार्वजानिक गरेको छ । सार्वजानिक गरिएको विनिमयदर अनुसार आज अमेरिकी डलर एकको खरिददर १५० रुपैयाँ २८ पैसा र बिक्रीदर १५० रुपैयाँ ८८ पैसा निर्धारण गरिएको छ । यस्तै, युरोपियन युरो एकको खरिददर १७५ रुपैयाँ ५६ पैसा र बिक्रीदर १७६ रुपैयाँ २६ पैसा, युके पाउन्ड स्टर्लिङ एकको…

Read More

गोरखा सङ्ग्रहालयमा १.३३ लाख अवलोकनकर्ता, ३० लाख बढी राजस्व

गोरखा । गोरखा सङ्ग्रहालयमा गत वर्ष २०८२ मा एक लाख ३३ हजार ९९१ जनाले अवलोकन गरेका छन्। सङ्ग्रहालय प्रमुखका अनुसार नेपाल एकीकरणको उद्गम थलोका रूपमा परिचित गोरखामा ऐतिहासिक अध्ययनका लागि आउने आगन्तुकको सङ्ख्या वर्षेनी बढ्दै गएको छ। गत वर्ष सङ्ग्रहालयबाट ३० लाख ४५ हजार रुपैयाँ राजस्व संकलन भएको उनले बताए। उनका अनुसार सङ्ग्रहालयको संरचना, यहाँ…

Read More

लगानी प्रतिबद्धतामा उछाल : ९ महिनामा ३.७३ खर्बले वृद्धि

काठमाडौं । चालू आर्थिक वर्षको पहिलो नौ महिनामा स्वदेशी तथा विदेशी लगानीको प्रतिबद्धता उल्लेख्य रूपमा बढेको छ। उद्योग विभागका अनुसार साउनदेखि वैशाख पहिलो सातासम्म कुल ५ खर्ब ८५ अर्ब ४८ करोड रुपैयाँ बराबर लगानी प्रतिबद्धता प्राप्त भएको छ, जुन गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ३ खर्ब ७३ अर्ब ५५ करोड रुपैयाँले बढी हो। गत…

Read More

साढे ९ सय जनाले अनुमति लिँदा एक अर्ब नाघ्यो पर्वतारोहण रोयल्टी

काठमाडौं। यो वर्ष पर्वतारोहणका लागि बिहीबारसम्म ९४४ जना पर्वतारोहीले अनुमति पाएका छन्। पर्यटन विभागले सार्वजनिक गरेको विवरणअनुसार ३० हिमाल आरोहण गर्न उनीहरूले अनुमति पाएका हुन्। आरोहीबाट विभागले एक अर्बभन्दा बढी रोयल्टी प्राप्त गरेको छ। यसमध्ये सबैभन्दा धेरै रोयल्टी सगरमाथाबाट प्राप्त भएको छ। यो हिमाल चढ्न ४१ समूहका ४१० आरोहीले अनुमति लिएका छन्। सगरमाथाबाट मात्र ८९ करोड…

Read More

चैत महिनामा मात्रै करिब ६२ हजार नेपाली वैदेशिक रोजगारीमा

काठमाडौँ । वैदेशिक रोजगारीका लागि श्रम स्वीकृति लिने नेपालीको सङ्ख्या चैत महिनामा उल्लेख्य रूपमा बढेको छ। वैदेशिक रोजगार विभागका अनुसार फागुनको तुलनामा चैतमा झन्डै ९ हजारले वृद्धि हुँदै कुल ६१ हजार ८१९ जनाले श्रम स्वीकृति लिएका छन्। फागुनमा ५२ हजार ९४४ जनाले श्रम स्वीकृति लिएका थिए। विभागका अनुसार चैतमा  ५५ हजार ७१२ पुरुष र ६…

Read More

नेपाल लाइफको ५० हजार कित्ता सेयर बिक्री खुल्यो, मूल्य प्रतिकित्ता ४५० रुपैयाँ

काठमाडौं। नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले संस्थापक समूहको ५० हजार कित्ता संस्थापक सेयर बिक्री खुलाएको छ। कम्पनीले जोकोही व्यक्ति, कम्पनी, संघसंस्थाले किन्न पाउने गरी सेयर लिलामी बिक्री खुलाएको हो। उक्त सेयरको प्रतिकित्ता न्यूनतम मूल्य ४०१ रुपैयाँ तोकिएको छ। सेयर खरीदका लागि गोप्य सिलबन्दी बोलपत्र पेस गर्दा न्यूनतम २ हजार कित्ता र अधिकतममा सम्पूर्ण कित्ता माग गर्न…

Read More

वीरगञ्ज नाकाबाट साढे ७९ अर्बको सामान निर्यात, भटमास तेलको हिस्सा सर्वाधिक

पर्सा । वीरगञ्ज भन्सार कार्यालयमार्फत चालू आर्थिक वर्षको नौ महिनामा ७९ अर्ब ५४ करोड रुपैयाँ बराबरका वस्तु तथा सामान निर्यात भएका छन्। कार्यालयका अनुसार यो परिमाण गत आर्थिक वर्षको सोही अवधिको तुलनामा १० अर्ब १९ करोड रुपैयाँ, अर्थात् करिब १५ प्रतिशतले बढी हो। गत आवको नौ महिनामा ६९ अर्ब ३५ करोड रुपैयाँ बराबरका वस्तु निर्यात…

Read More

अमेरिकी डलरसहित युरो र पाउन्डको मूल्य बढ्यो

काठमाडौं। नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ। निर्धारित विनिमय दरअनुसार अमेरिकी डलर एकको खरिददर १४९ रुपैयाँ ७८ पैसा र बिक्रीदर १५० रुपैयाँ ३८ पैसा तोकिएको छ। यस्तै, युरोपियन युरो एकको खरिददर १७५ रुपैयाँ ९१ पैसा र बिक्रीदर १७६ रुपैयाँ ६१ पैसा, युके पाउन्ड स्टर्लिङ एकको खरिददर २०२ रुपैयाँ ३५ पैसा…

Read More

नेप्सेमा ग्रीन डेभलपमेन्ट बैंक र ग्लोबल आइएमई लघुवित्तको बोनस सेयर सूचीकृत

काठमाडौं। नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्था र ग्रिन डेभलपमेन्ट बैंकको बोनस सेयर सूचीकृत भएको छ। नेप्सेमा ग्लोबल आइएमई लघुवित्तको ८ दशमलव ०३९६ प्रतिशतका दरले ४ लाख ५८ हजार १५ कित्ता सेयर र ग्रिन डेभलपमेन्ट बैंकको ४ दशमलव ७५ प्रतिशतका दरले २ लाख ९३ हजार ९७७ दशमलव ५२१४ कित्ता सेयर सूचीकृत भएको…

Read More

तम्घासमा बिक्री हुन थाल्यो फोहोर, नेप्लिज वेस्ट बैंक ग्राहक

गुल्मी। गुल्मी सदरमुकाम तम्घासमा फोहोर बिक्री हुन थालेको छ। नगर विकास तथा वातावरण सरसफाइ समितिले तम्घासमा उठाएमध्ये नकुहिने फोहोर पाल्पा नेप्लिज वेस्ट बैंकलाई बिक्री गर्न थालेको हो। सम्झौताअनुसार प्लास्टिकका बोतल प्रतिकेजी १०, रेडबुलका बोतल प्रतिकेजी ८०, एचडिपी प्लास्टिक प्रतिकेजी  आठ, पानीका बोतल प्रतिकेजी १०, फलाम प्रतिकेजी १५, सिसा प्रतिकेजी एक तथा टिन प्रतिकेजी पाँचमा बिक्री…

Read More

सम्पत्ति छानबिन आयोगले काम थाल्यो, प्रतिवेदन ४५ दिनभित्र कार्यान्वयन अनिवार्य

काठमाडौं । मुलुकमा व्याप्त भ्रष्टाचार र दण्डहीनता नियन्त्रण गर्ने उद्देश्यसहित गठन गरिएको ‘सम्पत्ति छानबिन आयोग’ले बुधबारदेखि औपचारिक रूपमा काम सुरु गरेको छ। सार्वजनिक पदमा रहेका तथा अवकाशप्राप्त पदाधिकारी र उनीहरूका परिवारको सम्पत्ति छानबिन गर्न गठित आयोगको प्रतिवेदन सरकारले ४५ दिनभित्र अनिवार्य रूपमा कार्यान्वयन गर्नुपर्ने व्यवस्था गरिएको छ। राजेन्द्रकुमार भण्डारीको अध्यक्षतामा गठित पाँच सदस्यीय आयोगको कार्यालय…

Read More

डिशहोमद्वारा आइएसपी र डीटीएच सेवामा वार्षिक अफर सार्वजनिक

काठमाडौं । नेपालको टेलिकम तथा डिजिटल सेवा क्षेत्रमा सक्रिय डिशहोमले नयाँ वर्ष २०८३ को अवसर पारेर आफ्ना Internet Service (ISP) तथा Direct-to-Home (DTH) सेवामा केन्द्रित विभिन्न वार्षिक अफरहरू सार्वजनिक गरेको छ। कम्पनीका अनुसार पछिल्लो समय बढ्दो सञ्चालन खर्च, सामग्री (content) लागत, तथा पूर्वाधार विस्तारका कारण मूल्य संरचनामा सामान्य समायोजन गरिएको भए पनि ग्राहकलाई थप मूल्य…

Read More

३ करोडभन्दा माथिको घरजग्गा कारोबार अब इजाजत प्राप्त कम्पनीमार्फत मात्रै गर्नुपर्ने

काठमाडौं । भूमि सुधार तथा मालपोत कार्यालय डिल्लीबजारले महानगरपालिका र उपमहानगरपालिका क्षेत्रभित्र हुने ३ करोड रुपैयाँभन्दा बढीको घरजग्गा कारोबारका लागि नयाँ नियम सार्वजनिक गरेको छ । भूमि व्यवस्थापन तथा अभिलेख विभागको निर्देशन अनुसार अब वैशाख ८ गतेदेखि ३ करोडभन्दा माथिको थैली अङ्क भएको घरजग्गा खरिद–बिक्री गर्दा अनिवार्य रूपमा इजाजत प्राप्त एजेन्सी वा कम्पनीमार्फत मात्र गर्नुपर्नेछ…

Read More

वीरगञ्ज हुँदै करिब ७ खर्बको वस्तु तथा सामान आयात, १३ प्रतिशतले आयात बढ्यो

पर्सा। वीरगञ्ज नाका हुँदै चालू आर्थिक वर्षको ९ महिनामा ६ खर्ब ९४ अर्ब ५ करोड रुपैयाँको वस्तु तथा सामान आयात भएको छ। वीरगञ्ज भन्सार कार्यालयका अनुसार गत आवको ९ महिनाको तुलनामा चालू आवको सोही अवधिमा ८० अर्ब ४४ करोड रुपैयाँ अर्थात् १३ प्रतिशत बढी आयात भएको हो। जबकि गत आवको ९ महिनामा ६ खर्ब १३…

Read More

वीरगन्ज नाकाबाट आयातमा वृद्धि : छ खर्ब ९४ अर्बको सामान भित्रियो

वीरगन्ज ।वीरगन्ज भन्सार कार्यालयमार्फत चालु आर्थिक वर्षको पहिलो नौ महिनामा ६ खर्ब ९४ अर्ब ५ करोड रुपैयाँ बराबरका वस्तु आयात भएको छ। कार्यालयका अनुसार यो परिमाण गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ८० अर्ब ४४ करोड रुपैयाँ, अर्थात् करिब १३ प्रतिशतले बढी हो। गत आवको नौ महिनामा ६ खर्ब १३ अर्ब ६१ करोड रुपैयाँ बराबरका…

Read More

यस्तो छ आजको विनिमय दर

काठमाडौं। नेपाल राष्ट्र बैंकले आज (बुधबार) का लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । निर्धारित विनिमयदर अनुसार अमेरिकी डलरको मूल्य बढेको छ । अमेरिकी डलर एकको खरिददर १४९ रुपैयाँ ३१ पैसा र बिक्रीदर १४९ रुपैयाँ ९१ पैसा तोकिएको छ । यस्तै, युरोपियन युरो एकको खरिददर १७५ रुपैयाँ ६९ पैसा र बिक्रीदर १७६ रुपैयाँ ३९…

Read More

भुक्तानी ढिलासुस्ती अन्त्य गर्न सरकारको नीतिगत सुधार

काठमाडौं । विकास निर्माणका काममा लामो समयदेखि देखिँदै आएको भुक्तानी ढिलासुस्ती हटाउन सरकारले महत्वपूर्ण नीतिगत सुधार अघि बढाएको छ । सरकारले ‘आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व (तेस्रो संशोधन) नियमावली, २०८३’ जारी गर्दै पुँजीगत बजेटको रकमान्तर गर्ने अधिकार सम्बन्धित मन्त्रालय तथा निकायका लेखा उत्तरदायी अधिकृत (सचिव वा प्रमुख) लाई प्रत्यायोजन गर्ने व्यवस्था गरेको हो । उक्त…

Read More

नेपालमा जनप्रतिनिधिको संख्या उल्लेख्य रूपमा घटाउन सुझाव

काठमाडौँ । नेपालमा संघ, प्रदेश तथा स्थानीय निकायहरूको पुनर्संरचना गर्नेबारे बहस चलिरहँदा बेलायतको बरो अफ बार्नेटका पूर्व उपमेयर काउन्सिल लक्ष्य गुरुङले नेपालमा जनप्रतिनिधिहरूको सङ्ख्या उल्लेख्य रूपमा घटाउन सुझाव दिएका छन् । लन्डनमा बसोबास गर्दै आएका गुरुङले नेपाल सरकारले सडक, यातायात तथा डिजिटल सेवामा सुधार गरी सेवा प्रवाह र राजस्व सङ्कलन प्रणालीलाई क्रमशः डिजिटाइज गर्नसके भूगोल…

Read More

नौ महिनामा साढे ३३ अर्बको स्मार्टफोन आयात

काठमाडौं । नेपालमा स्मार्टफोनको आयातमा निकै उत्साहजनक वृद्धि देखिएको छ । चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो नौ महिनामा नेपालमा साढे ३३ अर्ब रुपैयाँभन्दा बढीको स्मार्टफोन भित्रिएको छ । भन्सार विभागको तथ्यांक अनुसार, साउनदेखि चैत मसान्तसम्मको अवधिमा कुल ३३ अर्ब ८२ करोड २५ लाख रुपैयाँ बराबरको स्मार्टफोन आयात भएको हो । यस अवधिमा १६ लाख…

Read More