सम्झौताअनुसार प्लास्टिकका बोतल प्रतिकेजी १०, रेडबुलका बोतल प्रतिकेजी ८०, एचडिपी प्लास्टिक प्रतिकेजी आठ, पानीका बोतल प्रतिकेजी १०, फलाम प्रतिकेजी १५, सिसा प्रतिकेजी एक तथा टिन प्रतिकेजी पाँचमा बिक्री हुन थालेको हो।
नगर विकास तथा वातावरण संरक्षण संस्थाले रेसुंगा नगरपालिकाका–१, २, ७, ८, ९ र ४ को केही भागका एक हजार ७६५ घरबाट फोहोर संकलन गर्छ।
दुई वटा ट्रयाक्टर, दुईजना चालक र दुइजना सहचालक राखेको समितिले शनिबारबाहेक साताको ६ दिन बजारबाट फोहोर उठाएर फोहोर फाल्ने ठाउँ ओख्रेनीमा फाल्ने गर्दछ।
कुहिने र नकुहिने गरी भान्साको फोहोर दैनिक दुई टन संकलन हुने समितिले जनाएको छ।
उक्त फोहोर छुट्याउन बैंकले तीन जना मजदुर राखेको छ। उनीहरूलाई फोहोरको मात्राअनुसार बैंकले भुक्तानी गर्छ।
एक महिनामा गुल्मीबाट चार ट्रक फोहोर बिक्रीबाट समितिले २० हजार आम्दानी गरेको जानकारी दिए।