काठमाडौं । चालू आर्थिक वर्षको पहिलो नौ महिनामा स्वदेशी तथा विदेशी लगानीको प्रतिबद्धता उल्लेख्य रूपमा बढेको छ।
उद्योग विभागका अनुसार साउनदेखि वैशाख पहिलो सातासम्म कुल ५ खर्ब ८५ अर्ब ४८ करोड रुपैयाँ बराबर लगानी प्रतिबद्धता प्राप्त भएको छ, जुन गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ३ खर्ब ७३ अर्ब ५५ करोड रुपैयाँले बढी हो।
गत आवको नौ महिनामा स्वदेशी लगानी १ खर्ब ८९ अर्ब ९३ करोड र विदेशी लगानी २१ अर्ब ९० करोड ५५ लाख रुपैयाँ बराबर प्रतिबद्धता आएको थियो।
चालू आवमा भने स्वदेशीतर्फ ५ खर्ब २३ अर्ब ७० करोड र विदेशी लगानीतर्फ ६१ अर्ब ७८ करोड ९० लाख रुपैयाँ प्रतिबद्धता आएको विभागले जनाएको छ।
क्षेत्रगत रूपमा कृषि तथा वन पैदावारमा आधारित उद्योगमा उल्लेख्य वृद्धि देखिएको छ।
गत आवमा ७५ करोड रुपैयाँ प्रतिबद्धता आएकोमा चालू आवमा ४८ अर्ब ३६ करोड ६२ लाख पुगेको छ। ऊर्जामूलक क्षेत्रमा पनि ठूलो उछाल आएको छ।
गत आवमा ९१ अर्ब ७० करोड ५२ लाख रहेको प्रतिबद्धता चालू आवमा २ खर्ब ३२ अर्ब ९९ करोड ७१ लाख पुगेको छ।
सूचना तथा सञ्चार प्रविधि क्षेत्रमा पनि सामान्य वृद्धि देखिएको छ। गत आवमा २१ अर्ब ४ करोड रुपैयाँ रहेको प्रतिबद्धता चालू आवमा २३ अर्ब ९७ करोड पुगेको छ।
यद्यपि पूर्वाधार क्षेत्रमा चालू आवमा कुनै नयाँ प्रतिबद्धता आएको छैन, जबकि गत आवमा २० करोड रुपैयाँ आएको थियो।
उत्पादनमूलक क्षेत्रमा भने केही गिरावट देखिएको छ। गत आवमा ३० अर्ब ६४ करोड ९९ लाख रहेको प्रतिबद्धता चालू आवमा २






