काठमाडौं। नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले संस्थापक समूहको ५० हजार कित्ता संस्थापक सेयर बिक्री खुलाएको छ। कम्पनीले जोकोही व्यक्ति, कम्पनी, संघसंस्थाले किन्न पाउने गरी सेयर लिलामी बिक्री खुलाएको हो।
उक्त सेयरको प्रतिकित्ता न्यूनतम मूल्य ४०१ रुपैयाँ तोकिएको छ। सेयर खरीदका लागि गोप्य सिलबन्दी बोलपत्र पेस गर्दा न्यूनतम २ हजार कित्ता र अधिकतममा सम्पूर्ण कित्ता माग गर्न सकिनेछ।
बोलपत्र आज वैशाख १० गतेदेखि वैशाख २४ गते बैंकिङ समयभित्र पेस गरिसक्नुपर्नेछ। बोलपत्र कमलपोखरीस्थित गरिमा क्यापिटलको कार्यालयमा बुझाउन सकिने सूचनामा उल्लेख छ।
Artha Sanjal






