नीति तथा कार्यक्रमको पहिलो प्राथमिकता पर्यो संविधान संशोधन

काठमाडौं । सरकारको नीति तथा कार्यक्रमको पहिलो प्राथमिकतामा संविधान संशोधन बहस पत्र तयार पार्ने परेको छ । संघीय संसद्को संयुक्त सदनमा राष्ट्रपति रामचन्द्र पौडेलले पेस गरेको सरकारको आर्थिक वर्ष ०८३÷८४को नीति तथा कार्यक्रमको पहिलो नम्बरमा नै बहसपत्र तयार पार्ने उल्लेख गरिएको हो । ‘सरकारले शुसासनलाई समृद्ध नेपालको आधारशिलाका रुपमा ग्रहण गर्दै भ्रष्टाचार विरुद्ध शुन्य सहनशिलता,…

Read More

विद्यार्थी संगठन खारेज गर्ने निर्णय कार्यान्वयन नगर्न सर्वोच्चको अल्पकालीन अन्तरिम आदेश

काठमाडौँ । सर्वोच्च अदालतले विद्यार्थी संगठन खारेज गर्ने निर्णय कार्यान्वयन नगर्न अल्पकालीन अन्तरिम आदेश दिएको छ। सोमबार न्यायाधीश श्रीकान्त पौडेलको इजलासले सरकारको निर्णय कार्यान्वयन नगर्न अन्पकालीन अन्तरिम आदेश दिएको हो। सर्वोच्चले अन्तरिम आदेशका लागि दुवै पक्षलाई छलफलमा बोलाएको छ। अनेरास्ववियुका दीपक धामीले विद्यार्थी संगठन खारेज गर्ने सरकारको निर्णयविरुद्ध सर्वोच्चमा रिट दायर गरेका थिए।

Read More

राष्ट्रपतिले गर्ने दुबै सदनको संयुक्त बैठकको सम्वोधन स्वीकृत गर्ने मन्त्रिपरिषद्को निर्णय

काठमाडौं । सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले राष्ट्रपतिले गर्ने संसदको दुबै सदनको संयुक्त बैठकको सम्वोधन स्वीकृत गर्ने निर्णय गरेको छ । सरकारका प्रवक्ता सस्मित पोखरेलले नेपालको संविधानको धारा ९५ बमोजिम राष्ट्रपतिबाट संवत् २०८३ साल वैशाख २८ गते ४ बजे संघीय संसदको दुबै सदनको संयुक्त बैठकलाई गर्ने सम्वोधन स्वीकृत गर्ने निर्णय गरिएको जानकारी दिए ।

Read More

सिंहदरबारमा मन्त्रिपरिषद् बैठक सुरु

काठमाडौँ । प्रधानमन्त्री बालेन शाह बोलाएको मन्त्रिपरिषद् बैठक सुरु भएको छ । सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा बैठक सुरु भएको हो । बैठकमा सरकारले ल्याउन लागेको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम पारित गर्ने बताइएको छ ।

Read More

शंकाष्पद कारोबारमा मुछियो समानान्तर निर्माण सेवा, निर्देशक खरेलको खातामा सवा अर्बको कारोबार

काठमाडौं । राज्यका ठूला निर्णय र निर्माण ठेक्कासँग जोडिएको एक निजी ठेकेदार कम्पनीका सञ्चालकको व्यक्तिगत बैंक खातामा पाँच वर्षमा करिब १ अर्ब १५ करोड रुपैयाँ बराबरको अस्वाभाविक कारोबार भएको तथ्य सरकारी अनुसन्धानमै देखिएको छ। तर, पावर पहुँच र राजनीतिक दबाबका कारण सो कम्पनीमाथि मुद्दा अघि नबढेको खुलासा भएको छ । सम्पत्ति शुद्धीकरण अनुसन्धानसँग सम्बन्धित कागजातका…

Read More

आजको सहज राजनीतिक अवस्था कांग्रेस–एमालेकै कठिन संघर्षले आएको हो : रवि लामिछाने

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले विगतका राजनीतिक आन्दोलन र संघर्षको जगमै अहिलेको राजनीतिक परिवर्तन सम्भव भएको बताएका छन् । आइतबार रास्वपाको दुई दिने प्रशिक्षण कार्यक्रममा बोल्दै उनले नेपालमा पञ्चायतकालीन एकदलीय शासन व्यवस्थाविरुद्ध नेपाली कांग्रेस, नेकपा (एमाले) लगायत विभिन्न कम्युनिष्ट दलहरूले दशकौँसम्म निरन्तर संघर्ष गरेको स्मरण गरे । उनले भने, ‘यो देशमा एकदलीय,…

Read More

अदालतबाट न्यायलाई हाँसोको विषय नबनाइयोस : रवि लामिछाने

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले अदालतले न्यायलाई हाँसोको विषय नबनाउन आग्रह गरेका छन्। रास्वपाको दुई दिने प्रशिक्षण कार्यक्रमलाई आइतबार सम्बोधन गर्दै उनले आम नागरिकले सहज र वास्तविक न्याय पाउनुपर्नेमा जोड दिएका हुन् । प्रधानन्यायाधीश सिफारिस प्रक्रियाबारे टिप्पणी गर्दै लामिछानेले परम्पराभन्दा बाहिर गएर गरिएको निर्णयलाई असंवैधानिक भनिएको प्रसंग उठाए । वरिष्ठताका आधारमा मात्रै…

Read More

सरकारले भोलि नीति तथा कार्यक्रम सार्वजनिक गर्दै

काठमाडाैं । सरकारले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम भोलि (सोमबार) सार्वजनिक गर्ने भएको छ । आर्थिक वर्षको बजेट प्रस्तुत गर्नुअघि ल्याइने यस कार्यक्रमका लागि सरकारले अन्तिम समयमा आएर जनसुझाव माग गरेको छ। नीति तथा कार्यक्रम सार्वजनिक हुनुभन्दा मात्र तीन दिनअघि प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले सुझाव संकलनका लागि छुट्टै ‘डिजिटल पोर्टल’ सञ्चालनमा ल्याएको हो। विगतमा…

Read More

भूमिहीन सुकुमवासीलाई लालपुर्जा दिलाएरै छाड्छौं : सभापति लामिछाने

काठमाडौँ। रास्वपा सभापति रवि लामिछानेले सुकुमवासीको समस्या स्थायी रुपमा समाधान गरिने बताएका छन् । ललितपुरमा आइतबार आयोजित पार्टीका सांसदलाई प्रशिक्षण कार्यक्रममा बोल्दै लामिछाने सरकारले सुकुमवासी बस्ती हटाउन चालिएको कदमबाट कोही आत्तिन नपर्ने बताए । उनले भूमिहीन सुकुमवासीलाई लालपुर्जा दिलाएर छाडिने बताए । ‘खोलाको छेउमा अव्यवस्थित रुपमा, असुरक्षित ढंगले बस्नुभएका र हाकाहाकी, देखादेखी, सोझै गैरकानुनी रुपमा…

Read More

कम्युनिस्ट एकता र नयाँ ढंगको आन्दोलन आवश्यक : प्रचण्ड

काठमाडौं । नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल (प्रचण्ड) ले कम्युनिस्ट आन्दोलनभित्र एकता र पुनर्गठनको आवश्यकता औँल्याएका छन् । स्वर्गीय नेता निर्मल लामाको २६औँ स्मृति सभामा बोल्दै उनले हजारौँ तथा लाखौँ कार्यकर्ताहरू कम्युनिस्टहरूबीच एकता होस् भन्ने पक्षमा रहेको उल्लेख गरे । उनले नेतृत्व तहबाट समय–समयमा एकताका प्रयास भए पनि ती प्रयासहरू दीर्घकालीन रूपमा…

Read More

मुख्यमन्त्रीको शपथ लिएलगत्तै विजयका तीन ठूला निर्णय

काठमाडाैं । तमिलनाडुको राजनीतिमा नयाँ इतिहास रच्दै ‘तमिलगा वेत्री कझगम’ (TVK) का अध्यक्ष सी. जोसेफ विजयले आइतबार राज्यको मुख्यमन्त्रीका रूपमा पद तथा गोपनीयताको शपथ लिएका छन्। विजयको यस आगमनसँगै तमिलनाडुमा विगत ६ दशकदेखि चल्दै आएको दुई प्रमुख द्रविड दलहरू डीएमके (DMK) र एआईएडीएमके (AIADMK) को आलोपालो सत्ताको युग समाप्त भएको छ। पदभार सम्हाल्ने बित्तिकै तीन…

Read More

चालु आर्थिक वर्षको १० महिनामा सरकारले खर्चियो साढे ११ खर्ब

काठमाडाैं। चालु आर्थिक वर्ष २०८२/८३ को १० महिना सकिन लाग्दा सरकारले ११ खर्ब ५३ अर्ब रुपैयाँ बजेट खर्च गरेको छ । सरकारी खर्च आम्दानीको हिसाब राख्ने महालेखा नियन्त्रक कार्यालयका अनुसार चालु आर्थिक वर्षका लागि लागि ल्याइएको १९ खर्ब ६४ अर्ब बजेट मध्ये ५८.७५ प्रतिशत बजेट खर्च भएको हो । कुल बजेटमध्ये सरकारले चालु शीर्षकमा ११…

Read More

हराएका ६५ ओटा मोटरसाइकल सम्बन्धित धनीलाई फिर्ता

काठमाडौं । काठमाडौं उपत्यकाका विभिन्न स्थान र मितिमा चोरी भएका ६५ ओटा मोटरसाइकल सम्बन्धित धनीले फिर्ता पाएका छन् । काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले आइतबार एक कार्यक्रममा खोजतलासपछि फेला परेका मोटरसाइकल सम्बन्धित धनीलाई हस्तान्तरण गरेको काठमाडांै उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रहरी वरिष्ठ उपरीक्षक नवराज अधिकारीले जानकारी दिए । उनका अनुसार ट्राफिक प्रहरीले विशेष खोज अभियान…

Read More

१० महिनामा ५८ प्रतिशत बजेट खर्च, पुँजीगत खर्च कमजोर

काठमाडौँ । चालु आर्थिक वर्ष २०८२/८३ को १० महिना सकिन लाग्दा सरकारले कुल ११ खर्ब ५३ अर्ब रुपैयाँ बजेट खर्च गरेको छ। महालेखा नियन्त्रक कार्यालयका अनुसार १९ खर्ब ६४ अर्ब रुपैयाँको कुल बजेटमध्ये हालसम्म ५८.७५ प्रतिशत खर्च भएको हो। सरकारले चालुतर्फ विनियोजित ११ खर्ब ८० अर्बमध्ये ८ खर्ब ९ अर्ब रुपैयाँ खर्च गरेको छ, जुन…

Read More

हामी पनि भारतको बाटोमा लाग्ने बेला भयो – अर्थमन्त्री वाग्ले

काठमाडौँ। अर्थमन्त्री स्वर्णिम वाग्लेले अर्थतन्त्रको जहाज मोड्ने अवस्थामा मुलुक रहेको बताएका छन्। शुक्रबार साँझ काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन्। उनले त्यसका लागि आगामी बजेटसम्म पर्खिन पनि उद्योगी व्यवसायीलाई आग्रह गरे। राजनीतिक स्थायित्व र इमानदारीपूर्वक देश अघि बढाउँदा छिमेकी मुलुक भारतले गरेको प्रगतिको उदाहरण दिँदै उनले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले सत्ता सम्हाल्ने…

Read More

उद्योगी व्यवसायीलाई थुन्ने सूची सरकारले बनाएको छैन: स्वर्णिम वाग्ले

काठमाडौँ। अर्थमन्त्री स्वर्णिम वाग्लेले निजी क्षेत्रका उद्योगी व्यवसायीलाई धरपकड गर्दैछ भन्ने हल्लाको पछि नलाग्न आग्रह गरेका छन्। शुक्रबार साँझ काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन्। उनले भने, ‘निजी क्षेत्रका व्यवसायीलाई थुन्ने धरपकड गर्ने कुनै सूची सरकारले बनाएको छैन र होइन। तपाईँहरू हल्लाको पछि नपर्नुस् तपाईँहरू हाम्रो साझेदार हो।’ कार्यक्रममा बोल्दै अर्थमन्त्री वाग्लेले…

Read More

यस्ता छन् आजको मन्त्रिपरिषद् बैठकका निर्णयहरु

काठमाडौं । शुक्रबार बसेको मन्त्रिपरिषद्को बैठकले १५ जना अवैतनिक दूतहरूलाई पदमुक्त गर्ने निर्णय गरेको छ । परराष्ट्र मन्त्रालयको प्रस्तावमा विदेशस्थित १५ जना अनररी कन्सुलर जनरल तथा कन्सुलरलाई पदमुक्त गर्ने निर्णय गरेको सरकारका प्रवक्ता सस्मित पोखरेलले जानकारी दिए । त्यस्तै, वैशाख २८ गते अपराह्न ४ बजे बस्ने संघीय संसद बैठकलाई सम्बोधनका लागि राष्ट्रपतिलाई अनुरोध गर्ने निर्णय…

Read More

विदेशस्थित १५ अवैतनिक दूत पदमुक्त

काठमाडौं । सरकारले १५ जना अवैतनिक दूतहरुलाई पदमुक्त गर्ने निर्णय गरेको छ । आज बिहान बसेको मन्त्रिपरिषद् बैठकले परराष्ट्र मन्त्रालयको प्रस्तावमा उक्त निर्णय गरेको हो। सरकारका प्रवक्ता सस्मित पोखरेलका अनुसार बैठकले आगामी २८ गते बस्ने संघीय संसद् बैठकलाई सम्बोधन गर्न राष्ट्रपतिलाई अनुरोध गर्ने निर्णय समेत गरेको छ।

Read More

भिजिट भिसामा घरेलु कामदार बनेर विदेशिने महिलाको तथ्यांक राज्यसँग छैन : मन्त्री यादव

काठमाडौं । उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको बैठकमा श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयबाट भए गरेका कामकारवाही र आगामी कार्ययोजना सम्बन्धमा छलफल गरिएको छ । उक्त छलफलमा बोल्दै श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री रामजी यादवले घरेलु कामदारका रूपमा विदेश जाने महिला श्रमिकको अवस्थाप्रति चिन्ता व्यक्त गरेका छन् । मन्त्री यादवले…

Read More

स्वास्थ्य सेवामा ९७७ नयाँ स्थायी दरबन्दी थपिँदै, अर्थमन्त्रालयबाट स्वीकृत

काठमाडौं । स्वास्थ्य क्षेत्रमा ९७७ स्थायी दरबन्दी थप गर्ने प्रस्ताव अर्थ मन्त्रालयबाट स्वीकृत भएको छ । स्वास्थ्य मन्त्री निशा महेताको सचिवालयकाअनुसार ९७७ नयाँ स्थायी प्राविधिक तथा विशेषज्ञको दरबन्दी थप्ने प्रस्ताव अर्थ मन्त्रालयबाट बुधबार स्वीकृत भएको हो । प्रस्ताव पारित भएमा नेपालको स्वास्थ्य प्रशासनिक इतिहासमा ३४ वर्षपछि पहिलोपटक यति ठूलो संख्यामा स्थायी दरबन्दी थपिनेछ । मन्त्रालयका…

Read More