विदेशस्थित १५ अवैतनिक दूत पदमुक्त

काठमाडौं । सरकारले १५ जना अवैतनिक दूतहरुलाई पदमुक्त गर्ने निर्णय गरेको छ । आज बिहान बसेको मन्त्रिपरिषद् बैठकले परराष्ट्र मन्त्रालयको प्रस्तावमा उक्त निर्णय गरेको हो।

सरकारका प्रवक्ता सस्मित पोखरेलका अनुसार बैठकले आगामी २८ गते बस्ने संघीय संसद् बैठकलाई सम्बोधन गर्न राष्ट्रपतिलाई अनुरोध गर्ने निर्णय समेत गरेको छ।

Artha Sanjal

Leave a Reply

Your email address will not be published. Required fields are marked *