बोलाइयो संवैधानिक परिषद बैठक

काठमाडौं । प्रधानमन्त्री बालेन शाहले संवैधानिक परिषदको बैठक बोलाएका छन्। संवैधानिक पदहरूमा नियुक्ति सिफारिस गर्न बिहीबार साँझ ५ बजेका लागि बैठक तय गरिएको स्रोतले जनाएको छ। मंगलबार राष्ट्रपति रामचन्द्र पौडेलले संवैधानिक परिषद्सम्बन्धी अध्यादेश जारी गरेपछि रिक्त पदहरूमा नियुक्तिको प्रक्रिया अघि बढ्ने बाटो खुलेको हो। हाल प्रधानन्यायाधीश, प्रमुख निर्वाचन आयुक्त लगायतका संवैधानिक पदाधिकारी पद रिक्त छन्…

Read More

पूर्वप्रधानमन्त्री देउवा दम्पतीविरुद्ध रेड नोटिस जारी गर्न इन्टरपोलद्धारा अस्वीकार

काठमाडौं । पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा र देउवा पत्नीसमेत रहेकी पूर्व परराष्ट्रमन्त्री आरजु राणा देउवाविरुद्ध रेड कर्नर नोटिस जारी गर्न इन्टरपोलले अस्वीकार गरेको छ । इन्टरपोलले सम्पत्ति शुद्धीकरणसम्बन्धी कसुरमा अनुसन्धानमा रहेका अहिलेकै अवस्थामा रेड नोटिस जारी गर्न नसकिने जवाफ पठाएको छ । देउवा दम्पतीविरुद्ध सम्बद्ध कसुर नदेखिएको र एकैपटक सम्पत्ति शुद्धीकरणमा अनुसन्धान अघि बढाएको विषयलाई पनि…

Read More

‘मालपोत कार्यालय’ को नाम फेरियो

काठमाडौँ । ‘मालपोत कार्यालय’ अब ‘भूमि प्रशासन कार्यालय’का नामले सञ्चालन हुने भएको छ । सरकारले ल्याएको केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश मार्फत जग्गा प्रशासनसम्बन्धी सेवा प्रवाह गर्ने मालपोत कार्यालयको नाम परिवर्तन गरिएको हो ।  अध्यादेशअनुसार मालपोत ऐन र जग्गा (नाप जाँच) ऐन मा संशोधन गर्दै ‘मालपोत’  शब्दलाई औपचारिक रूपमा ‘भूमि प्रशासन’मा रूपान्तरण गरिएको छ ।…

Read More

बागमतीमा मन्त्रालयको सङ्ख्या घट्यो, १४ बाट ८ बनाउने निर्णय

मकवानपुर । बागमती प्रदेश सरकारले मन्त्रालयको सङ्ख्या घटाउने निर्णय गरेको छ। मङ्गलबार हेटौँडामा बसेको प्रदेश मन्त्रिपरिषद् बैठकले हाल कायम १४ मन्त्रालयलाई घटाएर ८ मा सीमित गर्ने निर्णय गरेको हो। सरकारका प्रवक्ता प्रभात तामाङका अनुसार मन्त्रालय घटाउने निर्णय आगामी साउन १ गतेदेखि कार्यान्वयनमा आउनेछ। बागमती प्रदेशको प्रशासनिक संरचनालाई सुदृढ र मितव्ययी बनाउन गठित उच्चस्तरीय अध्ययन समितिले…

Read More

वैशाख २८ देखि संसद अधिवेशन आह्वान गर्न राष्ट्रपतिसमक्ष सिफारिस

काठमाडौं । सरकारले संघीय संसद्को दुवै सदनको बैठक वैशाख २८ गतेका लागि आह्वान गर्न राष्ट्रपतिलाई सिफारिस गरेको छ । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले वैशाख २८ गतेका लागि बैठक आह्वानको सिफारिस गर्ने निर्णय गरेको सरकारका प्रवक्ता सस्मित पोखरेलले जानकारी दिए । उनले भने,‘आज एउटा मात्रै महत्वपूर्ण निर्णय भएको छ । वैशाख २८ गते दिनको २ बजे…

Read More

मोबाइल वितरक संघद्वारा एमडीएमएस पूर्ण कार्यान्वयन गर्न सरकारसँग माग

काठमाडौं । नेपाल मोबाइल वितरक संघले आगामी आर्थिक वर्षको बजेटमार्फत मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस) पूर्ण रूपमा कार्यान्वयन गर्न सरकारसँग माग गरेको छ। संघका अध्यक्ष रघु त्रिपाठीले अर्थमन्त्री स्वर्णिम वाग्लेलाई ज्ञापनपत्र बुझाउँदै अवैध मोबाइल कारोबार नियन्त्रण गरी राजस्व चुहावट रोक्न एमडीएमएस प्रभावकारी रूपमा लागू गर्न आग्रह गरेका हुन्। संघका अनुसार नेपालमा वार्षिक ५० देखि ५५…

Read More

प्रधानमन्त्रीले बोलाए मन्त्रिपरिषद् बैठक

काठमाडौँ । प्रधानमन्त्री बालेन शाहले मंगलबार मन्त्रिपरिषद् बैठक बोलाएका छन् । बैठक दिउँसो ३ बजे बस्ने तय भएको छ। बैठकले संघीय संसदको अधिवेशन आह्वानका लागि राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय गर्ने सम्भावना रहेको एक मन्त्रीले बताए ।    

Read More

राष्ट्रपतिले जारी गरे संवैधानिक परिषद सम्बन्धी अध्यादेश

काठमाडौ। राष्ट्रपति रामचन्द्र पौडेलले सरकारले दोस्रोपटक सिफारिस गरेको संवैधानिक परिषद् सम्बन्धी अध्यादेश जारी गरेका छन् । अघिल्लो साता मन्त्रीपरिषद्ले सिफारिस गरेको यही अध्यादेश राष्ट्रपतिले पुनर्विचारका लागि फिर्ता पठाएका थिए । तर, सरकारले कुनै संशोधन नगरी सोमबार पुनः उही अध्यादेश राष्ट्रपतिसमक्ष पठाएको थियो । सोही सिफारिसका आधारमा राष्ट्रपतिले मंगलबार अध्यादेश जारी गरेका हुन् ।  

Read More

उर्जा मन्त्रालय मातहतका हितेन्द्रसहित काे-काे भए पदमुक्त ?

काठमाडौँ । “सार्वजनिक पदाधिकारीको पदमुक्तिसम्बन्धी विशेष व्यवस्था अध्यादेश, २०८३” बमोजिम विभिन्न पदाधिकारीहरू स्वतः पदमुक्त भएका छन् । मन्त्रालयले आज जारी गरेको सूचनाअनुसार उक्त अध्यादेशबाट नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक तथा सदस्य सचिव हितेन्द्रदेव शाक्य तथा सदस्यहरु रतनबहादुर ऐर, डा बलबहादुर पराजुली, श्यामकिशोर यादव र रोहित पौडेल पदमुक्त भएका छन् । यसैगरी विद्युत् नियमन आयोगका अध्यक्ष…

Read More

समितिमा एजेण्डाभन्दा बाहिरका विषय उठाउँदा प्रभावकारी छलफल हुन सक्दैन : मन्त्री गौतम

काठमाडौं । कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले संसदीय समितिमा एजेण्डाभन्दा बाहिरका विषय उठाउँदा प्रभावकारी छलफल हुन नसक्ने बताएकी छन् । प्रतिनिधिसभाको कानुन, न्याय तथा मानव अधिकार समितिको बैठकमा बोल्दै मन्त्री गौतमले समितिमा उठाइने विषयहरू स्पष्ट एजेण्डाभित्र हुनुपर्नेमा जोड दिएकी हुन्। उनले भनिन्, ‘समिति र समितिको कार्य क्षेत्र जे हो त्यसमा सरकारलाई किन बोलाइन्छ…

Read More

एक सय अर्ब डलरको अर्थतन्त्र निर्माण गर्न निजी क्षेत्रको साथ अपरिहार्य : अर्थमन्त्री वाग्ले

काठमाडौं । अर्थमन्त्री स्वर्णिम वाग्लेले नेपाललाई करिब १०० अर्ब डलरको अर्थतन्त्रमा रूपान्तरण गर्ने लक्ष्य हासिल गर्न निजी क्षेत्रको सक्रिय साथ अपरिहार्य रहेको बताएका छन् । नेपाल उद्योग वाणिज्य महासंघको ६०औँ वार्षिक साधारण सभालाई सम्बोधन गर्दै वाग्लेले सरकारले निजी क्षेत्रको संरक्षण र प्रवद्र्धनका लागि रणनीति तयार गर्ने निर्णय गरिसकेको जानकारी दिए । उनका अनुसार मन्त्रिपरिषद् बैठकले…

Read More

यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णयहरु

काठमाडौं । सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले संवैधानिक परिषद्सम्बन्धी अध्यादेश स्वीकृतिका लागि राष्ट्रपतिसमक्ष पुनः सिफारिस गर्ने निर्णय गरेको छ । मन्त्रिपरिषद् बैठकले राष्ट्रपतिबाट पुनर्विचारका लागि आएको अध्यादेश पुनः सिफारिस गर्ने निर्णय गरेको सरकारका प्रवक्ता सस्मित पोखरेलले जानकारी दिए । राष्ट्रपति रामचन्द्र पौडेलले हिजो अध्यादेश पुनर्विचारका लागि सरकारलाई फिर्ता पठाएका थिए । यसैगरी सरकारले विश्व बैंकबाट प्राप्त…

Read More

संवैधानिक परिषद्सम्बन्धी अध्यादेश सरकारले फेरि राष्ट्रपतिलाई पठायो

काठमाडौं । सरकारले संवैधानिक परिषद्सम्बन्धी अध्यादेश फेरि राष्ट्रपतिलाई पठाउने निर्णय गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले उक्त अध्यादेश जारी गर्नका लागि पुनः राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष पठाउने निर्णय भएको सरकारको प्रवक्ता समेत रहेको शिक्षामन्त्री सस्मित पोखरेलले जानकारी दिए ।

Read More

सिंहदरबारमा मन्त्रिपरिषद् बैठक सुरु

काठमाडौँ । मन्त्रिपरिषद् बैठक सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा केही बेरअघि सुरु भएको छ । आजको बैठकमा सङ्घीय सरकारका केही मन्त्रालय खारेज र केही गाभ्ने विषयमा कार्यदलको प्रतिवेदनमाथि छलफल गरेर निर्णय गर्ने बुझिएको छ । साथै आजको बैठकमा संसद् अधिवेशन आह्नवान गर्न राष्ट्रपतिलाई सिफारिस गर्ने बारेमा समेत छलफल हुनसक्ने बुझिएको छ ।

Read More

४ मन्त्रालय खारेज हुँदै, संघीय मामिला तथा सामान्य प्रशासन प्रधानमन्त्री कार्यालयमै गाभिने

काठमाडौं । सरकारले मन्त्रालयहरूको संरचना पुनर्गठन गर्दै केही खारेज, केही गाभ्ने तथा केहीको नाम परिवर्तन गर्ने तयारीलाई तीव्र बनाएको छ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय निकट स्रोतका अनुसार चार मन्त्रालय खारेज गर्ने र अन्य छ मन्त्रालयको नाम परिवर्तन गर्ने प्रक्रिया अन्तिम चरणमा पुगेको छ। स्रोतका अनुसार केही निकायलाई विद्यमान मन्त्रालयबाट अलग गरी सिधै प्रधानमन्त्री कार्यालय मातहत…

Read More

राष्ट्रपति कार्यालयलेबाट संवैधानिक परिषद्सम्बन्धी अध्यादेश फिर्ता, सरकारलाई पुनर्विचारको सन्देश

काठमाडौँ । राष्ट्रपति कार्यालयले सरकारले सिफारिस गरेको संवैधानिक परिषद्सम्बन्धी अध्यादेश पुनर्विचारका लागि फिर्ता पठाउने निर्णय गरेको छ । राष्ट्रपति रामचन्द्र पौडेलका कानुनी सल्लाहकार बाबुराम कुँवरका अनुसार राष्ट्रपतिले अध्यादेश अध्ययन गरेपछि सरकारलाई पुनर्विचारका लागि फिर्ता पठाउने निर्णय गरेको हो । यसअघि सुशीला कार्की नेतृत्वको सरकारले सिफारिस गरेको अध्यादेश पनि राष्ट्रपति कार्यालयले फिर्ता पठाएको थियो । बैशाख…

Read More

राष्ट्रपति रामचन्द्र पौडेलद्वारा सातौँ अध्यादेश जारी

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले सातौँ अध्यादेश जारी गरेका छन् । उनले आइतबार केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश–२०८३ जारी गरेका हुन् । यसअघि नै राष्ट्रपतिले बालेन शाह नेतृत्वको सरकारले सिफारिस गरेका ६ वटा अध्यादेश जारी गरिसकेका छन् ।

Read More

सम्पत्ति छानबिन आयोग सक्रिय, राजनीतिज्ञदेखि उच्च पदस्थसम्म अनुसन्धानको घेरामा

काठमाडाैं । सरकारले सार्वजनिक पदधारण गरेका व्यक्तिहरूको सम्पत्ति छानबिन गर्न गठन गरेको ‘सम्पत्ति छानविन आयोग, २०८३ गठन तथा कार्यसम्पादनको सर्त’ राजपत्रमा प्रकाशन गरिएको छ । राजपत्रमा सूचना प्रकाशित भएसँगै आयोगले काम सुरु गरेको हो। गत वैशाख २ गतेको मन्त्रिपरिषद् निर्णयअनुसार गठन गरिएको आयोगले २०४८ सालदेखि हालसम्म सार्वजनिक पदमा रहेका व्यक्तिहरूको सम्पत्ति छानबिन गर्नेछ। छानबिन दुई चरणमा…

Read More

सामाजिक सुरक्षा कोषमा आबद्ध श्रमिकलाई घडेरी किन्न १ करोड ५० लाखसम्मकाे कर्जा सुविधा

काठमाडौं । सामाजिक सुरक्षा कोषमा आबद्ध श्रमिकहरूले अब घडेरी किन्न १ करोड ५० लाख रुपैयाँसम्म कर्जा पाउने भएका छन्। श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री राजमी यादवले अन्तर्राष्ट्रिय श्रमिक दिवसको अवसरमा उक्त कर्जाबारे जानकारी दिएका हुन् । योगदानमा आधारित सामाजिक सुरक्षा कोषमा आबद्ध भएका श्रमिकहरूले घडेरी खरिद गर्नका लागि ६ प्रतिशत ब्याजदरमा १ करोड ५० लाखसम्म…

Read More

विकल पौडेल दम्पतीविरुद्ध ६८ करोड ९४ लाखको सम्पत्ति शुद्धीकरण मुद्दा दायर

काठमाडौँ । राजस्व अनुसन्धान विभागले सुरक्षण मुद्रण केन्द्रका पूर्व कार्यकारी निर्देशक विकल पौडेल र उनकी श्रीमती एलिना बस्नेतविरुद्ध झण्डै ६९ करोड रुपैयाँ बराबरको सम्पत्ति शुद्धीकरण मुद्दा दायर गरेको छ । विभागले ६८ करोड ९४ लाख ६५ हजार २०४ रुपैयाँ बिगो कायम गर्दै बुधबार जिल्ला सरकारी वकिल कार्यालयमार्फत काठमाडौँ जिल्ला अदालतमा अभियोग पत्र दायर गरेको हो…

Read More