मधेश प्रदेशलाई चालु आवमै साक्षर घोषणा गर्ने तयारी, उच्चस्तरीय विज्ञ कार्यदलको प्रतिवेदन हस्तान्तरण
काठमाडौं । मधेश प्रदेशलाई चालु आर्थिक वर्षभित्र साक्षर घोषणा गर्ने तयारीस्वरूप गठित उच्चस्तरीय विज्ञ कार्यदलले तयार पारेको प्रतिवेदन आज जनकपुरधाममा औपचारिक रूपमा हस्तान्तरण गरिएको छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री सस्मित पोखरेल को प्रमुख आतिथ्यतामा आयोजित कार्यक्रममा नेपाल सरकारका पूर्व सचिव डा. रामस्वरुप सिन्हाको संयोजकत्वमा गठित ७ सदस्यीय कार्यदलले तयार पारेको अध्ययन प्रतिवेदन प्रस्तुत…




