वैदेशिक रोजगारी सेवा शुल्क बैंकिङ प्रणालीबाटै बुझाउनुपर्ने, नगद कारोबार गरे कारबाही

काठमाडौँ । वैदेशिक रोजगारीको सेवा शुल्क अनिवार्य रूपमा बैंकिङ प्रणालीबाटै बुझाउनुपर्ने भएको छ । एक सूचना प्रकाशित गर्दै वैदेशिक रोजगार विभागले म्यानपावर कम्पनीहरूलाई बुझाउनुपर्ने सेवा शुल्क अनिवार्य रूपमा बैंकिङ प्रणालीमार्फत मात्रै भुक्तानी गर्न आग्रह गरेको हो । “वैदेशिक रोजगारीमा जान चाहने प्रत्येक नेपाली नागरिकले ठगीबाट बच्न, आर्थिक कारोबारलाई पारदर्शी बनाउन र सुरक्षित वैदेशिक रोजगारी सुनिश्चित…

Read More

अतिक्रमित सरकारी जग्गा खाली गराउन ७७ वटै जिल्ला प्रशासनलाई गृहको निर्देशन

काठमाडौँ । सरकारले देशभर रहेका सरकारी तथा सार्वजनिक जग्गाको संरक्षण र अतिक्रमण हटाउने कार्यलाई तीव्रता दिने भएको छ। गृह मन्त्रालयले देशका ७७ वटै जिल्ला प्रशासन कार्यालयहरूलाई पत्राचार गर्दै अतिक्रमित जग्गाको पहिचान गरी ती संरचनाहरू हटाउन निर्देशन दिएको हो। मन्त्रालयले जिल्लास्तरमा रहेका सम्बन्धित निकायहरूसँग समन्वय गरी अतिक्रमित सार्वजनिक जग्गाको लगत संकलन गर्न र त्यस्ता जग्गा खाली…

Read More

मालपोत कार्यालय सेवा प्रवाहको डिजिटल अनुगमन सुरु, मन्त्री रावलद्वारा प्रत्यक्ष निरीक्षण प्रणाली लागू

काठमाडौं । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री प्रतिभा रावलले देशभरका मालपोत कार्यालयहरूबाट भइरहेको सेवा प्रवाहको अवस्थालाई प्रभावकारी बनाउन आफ्नै कार्यकक्षबाटै डिजिटल माध्यममार्फत नियमित अनुगमन तथा निरीक्षण गर्ने व्यवस्था कार्यान्वयनमा ल्याएकी छन् । मालपोत कार्यालयहरूमा पछिल्लो समय सर्भर डाउन हुने लगायतका प्राविधिक समस्या तथा सेवा प्रवाहसम्बन्धी गुनासाहरू बढ्दै गएपछि मन्त्रालयले तत्काल समस्या पहिचान र…

Read More

नेपाललाई नै ‘ग्लोबल एजुकेसन हब’ बनाऔँ : मन्त्री शिशिर खनाल

काठमाडौं । परराष्ट्र मन्त्री शिशिर खनालले विद्यार्थी विदेश पलायनलाई ‘ब्रेन ड्रेन’को नकारात्मक दृष्टिकोणबाट मात्र नहेरी यसलाई अवसर र सिकाइको माध्यमका रूपमा बुझ्नुपर्नेमा जोड दिएका छन् । विद्यार्थी बसाइँसराइ नीति, आकांक्षा र विश्वव्यापी गतिशीलता सम्बन्धी सेमिनारमा उनले पछिल्लो समय प्लस-टु पछि विदेश जाने विद्यार्थीलाई रोक्ने गरी ल्याउन खोजिएका प्रतिबन्धात्मक नीतिहरूले समस्याको समाधान नगर्ने बताएका हुन् ।…

Read More

अर्थतन्त्रको स्थितिपत्र : प्रदेश र स्थानीय तहको खर्च क्षमता कमजोर देखियो

काठमाडौं । अर्थ मन्त्रालयले प्रदेश र स्थानीय तहको खर्च क्षमता कमजोर रहेको जनाएको छ। आर्थिक वर्ष २०८१/८२ मा प्रदेशको बजेट उपयोग ७१.३ प्रतिशत र स्थानीय तहको ७६.४ प्रतिशत मात्र रहेको छ। वित्तीय संघीयता लागु भएपछि संघीय सरकारबाट प्रदेश र स्थानीय तहमा कुल बजेटको २२.६ प्रतिशत रकम वित्तीय हस्तान्तरणका लागि विनियोजन भएको समेत अर्थले जनाएको छ…

Read More

अर्थ मन्त्रालयको श्वेतपत्र सार्वजनिक: आर्थिक चुनौती र सुधारका लक्ष्य उजागर (पूर्णपाठ)

काठमाडौं । अर्थ मन्त्रालयले नेपालको वर्तमान आर्थिक अवस्थाबारे विस्तृत “स्थिति पत्र” सार्वजनिक गरेको छ। अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले पदभार ग्रहणका बेला यस्तो प्रतिवेदन निर्माणको घोषणा गरेका थिए । मन्त्रालयले सार्वजनिक गरेको उक्त स्थिति पत्रमा नेपालको अर्थतन्त्रलाई आगामी वर्षहरूमा द्रुत गतिमा अघि बढाउने लक्ष्य प्रस्तुत गरिएको छ। प्रतिवेदन अनुसार २०८२ फागुन मसान्तसम्ममा नेपालको सार्वजनिक ऋण २८…

Read More

बजेट विनियोजनमा अपारदर्शिता र हुण्डी नियन्त्रणमा अर्थ समितिको चासो

काठमाडौं । अर्थ समितिको बैठकमा समितिको आगामी कामकारबाही सम्बन्धी छलफल भएको छ । सोमबार बैठक सिंहदरबारस्थित समितिको सभाकक्षमा बसेको प्रतिनिधिसभा अन्तर्गतको अर्थ समितिको बैठकमा समितिको कार्यक्षेत्र र आगामी कामकारबाहीको विषयमा छलफल भएको हो । बैठकमा समिति सदस्य जगदीश खरेलले सरकारले आयातित सामानको भन्सार मूल्य निर्धारण गरिसकेको भएपनि व्यवसायीहरूले त्यसभन्दा बढी मूल्य तिरेर सामान ल्याउनुपर्ने अवस्था…

Read More

टीयू क्रिकेट मैदान भत्किँदैन, नयाँ एग्रिमेन्ट हुन्छ : सरकारका प्रवक्ता

काठमाडौँ । सरकारका प्रवक्ता सस्मित पोखरेलले त्रिभुवन विश्वविद्यालय (टीयू) क्रिकेट मैदान र त्यहाँ रहेका संरचना नभत्काइने स्पष्ट पारेका छन्। सोमबार मन्त्रिपरिषद् बैठकपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले त्रिवि उपकुलपति सहितका पदाधिकारीसँग बिहानै छलफल भएको उल्लेख गरे। उनले संरचना खाली गराउने उद्देश्य नभई लिज (भाडा सम्झौता) सकिएकाले नयाँ सम्झौता गरिने बताए। “खाली गराउने उद्देश्य होइन, लिज सकिएकाले…

Read More

मन्त्रिपरिषद् बैठकले के–के गर्‍यो निर्णय ?

काठमाडौँ । सरकारले सुरक्षण मुद्रण केन्द्रलाई निजी क्षेत्रसँग प्रतिस्पर्धा गरी व्यापारिक कारोबार गर्ने सार्वजनिक निकायको सूचीमा समावेश गर्ने निर्णय गरेको छ। सोमबार बसेको मन्त्रिपरिषद् बैठकका निर्णयहरू सार्वजनिक गर्दै सरकारका प्रवक्ता सस्मित पोखरेलले उक्त निर्णयअनुसार सूचना नेपाल राजपत्रमा प्रकाशित गरिने जानकारी दिए। त्यस्तै बैठकले भन्सार नियमावली २०८३ स्वीकृत गर्ने निर्णय गरेको छ भने मन्त्रिपरिषद् बैठकले सशस्त्र…

Read More

प्रधानमन्त्री बालेन्द्र शाहले बोलाए मन्त्रिपरिषद् बैठक

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र (बालेन) शाहले मन्त्रिपरिषद् बैठक बोलाएका छन् । बैठक आज सोमबार दिउँसो २ बजे सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बस्नेगरी बोलाइएको एक मन्त्रीले जानकारी दिए ।    

Read More

हङकङका महावाणिज्यदूत लेखकलाई सरकारले बोलायो फिर्ता

काठमाडौँ । मन्त्रिपरिषद् बैठकले नेपाली महावाणिज्य दूतावास हङकङमा कार्यरत महावाणिज्यदूत डा.विन्देश्वरप्रसाद लेखकलाई फिर्ता बोलाएको छ । वैशाख १० गते बसेको मन्त्रिपरिषद् बैठकले महावाणिज्यदूत डा.लेखकलाई फिर्ता बोलाउने निर्णय गरेको सरकारका प्रवक्ता सस्मित पोखरेलले जानकारी दिए ।  

Read More

विपिन जोशीको परिवारलाई १० लाख दिने सरकारको निर्णय

काठमाडौं । सरकारले इजरायलमा ज्यान गुमाएका विपिन जोशीको परिवारलाई १० लाख रुपैयाँ आर्थिक सहयोग उपलब्ध गराउने निर्णय गरेको छ । गत २ वैशाखमा बसेको मन्त्रिपरिषद् बैठकले जोशीको परिवारलाई सो रकम उपलब्ध गराउने निर्णय गरेको सञ्चारमन्त्री समेत रहेका सरकारका प्रवक्ता सस्मित पोखरेलले जानकारी दिए । ‘अध्ययनका लागि इजरायल गएको अवस्थामा गाजामा भएको घटनामा परी मृत्यु भएका…

Read More

खानेपानी कार्यालय कलैयाका निमित्त प्रमुखविरूद्ध भ्रष्टाचार मुद्दा दायर: झन्डै डेढ करोड अवैध सम्पति आर्जन

काठमाडौँ। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले खानेपानी तथा सरसफाइ डिभिजन कार्यालय, कलैया (बारा) का निमित्त कार्यालय प्रमुख किशोरी प्रसाद यादवविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ। आयोगका अनुसार यादवले सार्वजनिक पदमा रहँदा पदीय दुरुपयोग गरी वैध आम्दानीभन्दा बढी सम्पत्ति आर्जन गरेको पाइएको छ। अनुसन्धानअनुसार सेवा प्रवेश (२०४७ असार ३१) देखि २०८० पुस २९ सम्मको अवधिमा…

Read More

नेपाल–भारत सम्बन्ध: इतिहास, मधेस र वर्तमान चुनौती

नेपाल–भारत सम्बन्धबारे बहस चलिरहँदा सीमावर्ती क्षेत्रमा बसोबास गर्ने नेपाली मधेसी समुदायको दैनिक जीवनसँग जोडिएका विषयहरू फेरि एकपटक राष्ट्रिय विमर्शको केन्द्रमा आएका छन्। विशेषगरी भारतीय बजारबाट किनिने दैनिक उपभोग्य वस्तुमा कर लगाउने सरकारी निर्णयले सीमावर्ती जनजीवनमा प्रत्यक्ष प्रभाव पारेको भन्दै व्यापक असन्तोष व्यक्त भइरहेको छ। तर यो विषयलाई केवल भावनात्मक प्रतिक्रिया वा तात्कालिक असन्तोषको रूपमा बुझ्नु…

Read More

आज बसेको मन्त्रिपरिषद् बैठकले केके गर्यो निर्णय ?

काठमाडौँ । मन्त्रिपरिषद् बैठकले तीन वटा महत्वपूर्ण निर्णय गरेको छ। सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा बसेको बैठकले विभिन्न विकास, प्रशासनिक र प्राविधिक विषयमा निर्णय गरेको हो। बैठकले Integrated Water Supply & Sewerage Management Project का लागि एसियाली विकास बैठकबाट प्राप्त हुने अमेरिकी डलर ११५ मिलियन सहुलियतपूर्ण ऋण सहायता सम्बन्धी वित्तीय सम्झौता तथा अन्य सम्बन्धित दस्ताबेजलाई…

Read More

विकास आर्थिक समितिमा आगामि आर्थिक वर्षको बजेट तर्जुमाको तयारीबारेमा छलफल

काठमाडौं । विकास, आर्थिक मामिला तथा सुशासन समितिमा आर्थिक वर्ष २०८३/०८४ को बजेट तर्जुमाको तयारीबारेमा छलफल भएको छ । बुधबार सिंहदरबारस्थित समिति सभाकक्षमा बसेको राष्ट्रियसभा अन्तरगतको विकास, आर्थिक मामिला तथा सुशासन समितिको बैठकमा आर्थिक वर्ष २०८३/०८४ को बजेट तर्जुमाको तयारीबारेमा छलफल भएको हो । राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगका कार्यवाहक अध्यक्ष छलफलमा विपिन राज…

Read More

सम्पत्ति सुद्धिकरण विभागकै महानिर्देशककी श्रीमतीका नाममा दिपक भट्टको कम्पनीको शेयर ( प्रमाणसहित)

काठमाडौं । सम्पत्ति शुद्धिकरण अनुसन्धान विभागका महानिर्देशक गजेन्द्र ठाकुरकी श्रीमती राखी निहारिका ठाकुरका नाममा अवैध कारोबारको आरोपमा अनुसन्धान भैरहेको कम्पनीमा साझेदार रहेको तथ्य सार्वजनिक भएको छ। सोही कम्पनीसँग सम्बन्धित सम्पत्ति शुद्धिकरणसम्बन्धी कसुरको अभियोगमा व्यवसायी भट्ट हाल अनुसन्धानका लागि प्रहरी हिरासतमा छन्। अनुसन्धानका क्रममा भट्ट र ठाकुर एउटै कम्पनीमा जोडिएको कागजात सार्वजनिक भएपछि ठाकुरमाथि समेत अनुसन्धान…

Read More

लुम्बिनी प्रदेश सरकारले के-के गर्‍यो निर्णय ?

बुटवल । लुम्बिनी प्रदेश सरकारको मन्त्रिपरिषद् बैठक सम्पन्न भएको छ। मुख्यमन्त्री चेतनारायण आचार्यको अध्यक्षतामा राप्ती उपत्यका (देउखुरी)स्थित मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा बसेको बैठकले विभिन्न महत्वपूर्ण निर्णयहरू गरेको छ। बैठकले आर्थिक वर्ष २०८२/८३ को तेस्रो त्रैमासिकका लागि अस्थायी दरबन्दी स्वीकृत गर्ने निर्णय गरेको छ। त्यसैगरी उद्योग, पर्यटन तथा यातायात मन्त्रालयको प्रस्तावमा प्राइभेट फर्म दर्ता (पहिलो संशोधन)…

Read More

धितोपत्र बोर्डको अध्यक्ष नियुक्त गर्न तीन सदस्यीय सिफारिस समिति गठन

काठमाडौं । सरकारले नेपाल धितोपत्र बोर्डको अध्यक्ष नियुक्त गर्न तीन सदस्यीय सिफारिस समिति गठन गरेको छ । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले राष्ट्रिय योजना आयोगका उपाध्यक्ष गुणकर भट्टको संयोजकत्वमा अर्थ मन्त्रालयका सचिव डा. घनश्याम उपाध्याय र भुवनकुमार दाहाल सदस्य रहने गरी समिति गठन गरेको सरकारका प्रवक्ता विक्रम तिमिल्सिनाले जानकारी दिए ।  

Read More

यस्ता छन् मन्त्रिपरिषद् बैठका निर्णयहरू (सूचीसहित)

काठमाडौं । सरकारले आज बसेको मन्त्रिपरिषद् बैठकका मुख्य निर्णयहरू सार्वजनिक गरेको छ । मंगलबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा बसेको बैठकका निर्णयहरू सञ्चार, सूचना तथा प्रविधिमन्त्री विक्रम तिमिल्सिनाले जानकारी गराएका हुन्। उनका अनुसार, तीन वटा ऐन संशोधन गर्न बनेको विधेयक संघीय संसद्मा पेश गर्न स्वीकृत भएको छ । यस्ता छन् निर्णयहरू : –नेपाल धितोपत्र बोर्डको अध्यक्ष…

Read More