चालु आवको ११ महिनामा भित्रियो २१ खर्ब २० अर्ब रेमिट्यान्स
काठमाडौं — चालु आर्थिक वर्षको पहिलो ११ महिनामा नेपालमा २१ खर्ब २० अर्ब ८० करोड रुपैयाँ विप्रेषण (रेमिट्यान्स) भित्रिएको छ। यो रकम अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा ३८.२ प्रतिशत बढी भएको नेपाल राष्ट्र बैंकले जनाएको छ। राष्ट्र बैंकले सोमबार सार्वजनिक गरेको ‘देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति’ प्रतिवेदनअनुसार समीक्षा अवधिमा अमेरिकी डलरमा विप्रेषण आप्रवाह…



