११ महिनामा १५ प्रतिशतले बढ्यो रेमिट्यान्स, भित्रियो १५ खर्ब ३२ अर्ब

काठमाडौं । ११ महिनामै झन्डै साढे १५ खर्ब रेमिट्यान्स (विप्रेषण आप्रवाह) नेपाल भित्रिएको छ । चालू आर्थिक वर्ष २०८१/८२ को ११ महिनामा रेमिट्यान्स आप्रवाह १५.५ प्रतिशतले वृद्धि भई १५ खर्ब ३२ अर्ब ९३ करोड पुगेको हो । अघिल्लो वर्षको सोही अवधिमा विप्रेषण आप्रवाह १७.२ प्रतिशतले बढेको थियो ।

गत जेठ महिनामा मात्रै १ खर्ब ७६ अर्ब ३२ करोड रुपैयाँ रेमिट्यान्स आएको छ । गत वर्षको सोही भने १ खर्ब २८ अर्ब ९१ करोड रुपैयाँ रेमिट्यान्स भित्रिएको थियो ।

समीक्षा अवधिमा अमेरिकी डलरमा विप्रेषण आप्रवाह १२.७ प्रतिशत वृद्धि भएको छ । योसँगै ११ अर्ब २५ करोड पुगेको छ । अघिल्लो वर्ष यस्तो आप्रवाह १५.२ प्रतिशत बढेको थियो ।

 

Artha Sanjal

Leave a Reply

Your email address will not be published. Required fields are marked *