आठ महिनामा भित्रियो साढे १० खर्ब रेमिट्यान्स

काठमाडौं । चालु आर्थिक वर्षको ८ महिनामा साढे १० खर्ब भन्दा बढी रेमिट्यान्स भित्रिएको छ । चालु आर्थिक वर्षको फागुन महिनामा मात्रै १ खर्ब ५१ अर्ब भन्दा बढीले रेमिट्यान्स आएको नेपाल राष्ट्र बैंकले जनाएको छ ।

बुधवार नेपाल राष्ट्र बैंकले जारी गरेको आर्थिक वर्ष २०८१/८२ को आठ महिनामा देशको वर्तमान आर्थिक तथा वित्तीय स्थितिको प्रतिवेदनमा चालु आर्थिक वर्षको रेमिट्यान्स ९.४ प्रतिशतले बढेको उल्लेख गरेको छ ।

समीक्षा अवधिमा विप्रेषण आप्रवाह ९.४ प्रतिशतले वृद्धि भई फागुन मसान्तसम्म रेमिट्यान्स १० खर्ब ५१ अर्ब ७७ करोड पुगेको छ ।

 

Artha Sanjal

Leave a Reply

Your email address will not be published. Required fields are marked *