काठमाडाैं । चालु आवको १० महिनासम्ममा १९ खर्ब भन्दा बढी रेमिट्यान्स भित्रिएको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्याङ्कअनुसार वैशाख मसान्तसम्ममा १९ खर्ब १६ अर्ब ९० करोड रुपैयाँ बराबरको रेमिट्यान्स भित्रिएको हो ।
राष्ट्र बैंकका अनुसार समीक्षा अवधिमा विप्रेषण आप्रवाह ४१.२ प्रतिशतले वृद्धि भएको छ । बैशाख महिनामा मात्रै विप्रेषण आप्रवाह रु.२ खर्ब ५७ अर्ब ४९ करोड रहको छ ।
गत वर्षको सोही महिनामा विप्रेषण आप्रवाह रु.१ खर्ब ६५ अर्ब ३० करोड रहेको थियो ।
समीक्षा अवधिमा खुद द्वितीय आय (खुद ट्रान्सफर) २० खर्ब ९१ अर्ब ८६ करोड रुपैयाँ पुगेको छ । गत वर्षको सोही अवधिमा यस्तो आय रु.१४ खर्ब ८० अर्ब २८ करोड रहेको थियो ।
Artha Sanjal







