काठमाडौँ। नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर बम बहादुर मिश्रले नेपालको डिजिटल भुक्तानी सेवा एकदमै सहज र सुरक्षित रहेको बताएका छन्।
बिहीबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै मिश्रले डिजिटल भुक्तानी सेवा राजधानी काठमाडौंमा मात्र सीमित नभई देशका कुना–काप्चासम्म विस्तार भएको बताएका हुन्।
‘डिजिटल भुक्तानी अब देशव्यापी भएको छ। सामान्य प्रयोगकर्तादेखि व्यवसायी र सरकारी सेवासमेत डिजिटल माध्यमतर्फ आकर्षित छन्,’ उनले भने।
‘खल्ती बाइ आइएमई’ नामक सेवा शुभारम्भलाई सुभकामना दिँदै मिश्रले मर्जरले कर्मचारीमाथि अन्याय नहोस् र भविष्यमा विवाद नउठोस् भन्नेमा उच्च व्यवस्थापनले ध्यान दिनुपर्ने बिषयमा नेतृत्वलाई सचेत गराए।
सरकार र राष्ट्र बैंकको आपसी समझदारीमा आगामी दिनमा सरकारी तथा अन्य आवश्यक भुक्तानीहरू डिजिटल माध्यमबाट गर्न सकिने प्रणाली विकासका लागि गृहकार्य भइरहेको जानकारी पनि उनले दिए।
सरकार र राष्ट्र बैंकको आपसी समझादारीमा सरकारी र विभिन्न आवश्यक भुक्तानीहरु डिजिटल माध्यमबाट गराउने गरी राष्ट्र बैंकले गृहकार्य अघि बढाएको दावी छ ।






