कर्णालीका नवनियुक्त मुख्यमन्त्री मंगलबहादुर शाहीले लिए शपथ

सुर्खेत । कर्णाली प्रदेशका नवनियुक्त मुख्यमन्त्री मंगलबहादुर शाहीले शपथ लिएका छन् । मुख्यमन्त्री शाहीले बुधबार वीरेन्द्रनगरस्थित प्रदेश प्रमुखको कार्यालयमा आयोजित एक समारोहकाबीच प्रदेश प्रमुख यज्ञराज जोशीसमक्ष पद तथा गोपनीयताको शपथ लिएका हुन् ।

नेपाली कम्युनिस्ट पार्टी (नेकपा) संसदीय दलका नेतासमेत रहेका शाही मंगलबार मुख्यमन्त्री नियुक्त भएका थिए । उनलाई प्रदेश प्रमुख जोशीले संविधानको धारा १६८ को उपधारा (२) बमोजिम प्रदेशको पाँचौं मुख्यमन्त्रीमा नियुक्त गरेका हुन् ।

 

Facebook Comments Box

Leave a Reply

Your email address will not be published. Required fields are marked *