‘निजी क्षेत्रलाई विश्वासमा लिएर आर्थिक गतिविधि चलायमान बनाउन आग्रह’
विराटनगर । उद्योगी–व्यवसायीले उत्पादन, रोजगारी र लगानी विस्तारका लागि सरकारले निजी क्षेत्रमैत्री नीति निर्माण गर्नुपर्नेमा जोड दिँदै सांसदसँग नीतिगत सहजीकरणको माग गरेका छन्। उद्योग संगठन मोरङले सत्तारुढ दलका सांसद मनिष झासँग गरेको छलफलमा निजी क्षेत्रका समस्या समाधान गर्दै आर्थिक गतिविधि विस्तारका लागि सरकारको ध्यानाकर्षण गराइएको हो। संगठनका अध्यक्ष नन्दकिशोर राठीले निजी क्षेत्रका समस्या उद्योगी–व्यवसायीमा मात्र सीमित…



