काठमाडौं। जेनजी आन्दोलनको क्रममा ध्वस्त बनाएको विराटनगरमा रहेको भाटभटेनी सुपरमार्केट शनिबारबाट पुनः सञ्चालनमा आउने भएको छ।
२०८२ भदौं २३ र २४ गते भएको जेनजी आन्दोलनका क्रममा आक्रोशित भीडले ध्वस्त बनाएको संरचना पुर्ननिर्माण गरेर सञ्चालनमा ल्याउन लागिको भाटभटेनीका अध्यक्ष एवंम प्रवन्ध निर्देशक मीनबहादुर गुरुङले जानकारी दिए।
ग्राहक सुविधालाई लक्षित गर्दै आधुनिक सुविधा तथा गुणस्तरीय सेवा उपलब्ध गराउने गरी संचरना तयार पारिएको उनले बताए।
पोखरा, चितवन र काठमाडौंपछि विराटनगरको भाटभटेनीको पुर्ननिर्माणको काम सम्पन्न गरी शनिबारबाट दैनिक रूपमा नियमित सेवा प्रदान गर्ने ब्यहोरा भाटभटेनी सुपर मार्केटका प्रमुख संचालन अधिकृत पानु पौडेलले जानकारी दिए।




