उद्योग मन्त्रालयले सञ्चालनमा ल्यायो ‘ड्यासबोर्ड’

काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले मन्त्रालयअन्तर्गतका सेवा र दर्तासम्बन्धी विवरण एकै स्थानबाट उपलब्ध गराउने उद्देश्यले ‘ड्यासबोर्ड’ सञ्चालनमा ल्याएको छ।

उद्योगमन्त्री गौरीकुमारीको पहलमा सुरु गरिएको ड्यासबोर्डमार्फत कम्पनी, उद्योग तथा फर्म दर्तासम्बन्धी विवरण रियल टाइममै अद्यावधिक हुने मन्त्रालयले जनाएको छ।

यसबाट हालसम्म दर्ता भएका उद्योग र कम्पनीहरूको विवरण सर्वसाधारणले सहज रूपमा हेर्न सक्नेछन्।

हाल ड्यासबोर्डमा उद्योग विभाग, वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभाग तथा कम्पनी रजिस्ट्रारको कार्यालयका सूचना प्रविधि प्रणाली समेटिएका छन्।

सूचना प्रविधि प्रणाली नभएका निकायका विवरण भने ‘डाइनामिक फर्म’मार्फत उपलब्ध गराइने व्यवस्था गरिएको मन्त्रालयले जनाएको छ।

मन्त्रालयका अनुसार प्रणालीलाई एपीआईमार्फत एकीकृत गरी रियल टाइम डाटा उपलब्ध गराउने व्यवस्था गरिएको छ।

आगामी आर्थिक वर्षदेखि प्रदेशस्तरमा हुने उद्योग तथा व्यवसाय दर्तासम्बन्धी विवरणसमेत ड्यासबोर्डमा समावेश गर्ने योजना रहेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *