यसपाली काठमाडौंमा राति ९ बजेपछि देउसीभैलो खेल्न नपाइने
जिल्ला प्रशासन कार्यालय काठमाडौंले यसपालीको तिहारमा ९ बजेपछि देउसी–भैलो खेल्न रोक लगाएको छ । प्रशासन कार्यालयले आज विज्ञप्ति जारी गर्दै कोभिड–१९ संक्रमण हुन नदिन स्वास्थ्य मापदण्ड पालना गर्दैै देउसी खेल्न पाइने भएपनि ९ बजेसम्ममात्र खेल्न पाइने सूचना जारी गरेको हो । पटका, आतसवाजीजस्ता विस्फोटक एवं प्रज्वलनशिल पदार्थ उत्पादन, ओसारपोसार, विक्री वितरण तथा प्रयोग नगर्न समेत…




