लेबनानविरुद्ध अभिषेक र मनीषले अग्रपंक्ति सम्हाल्ने

एएफसी यू- २३ एसियन कप छनोटको अन्तिम खेलमा नेपालले अहिले केही समयपछि लेबनानसँग प्रतिस्पर्धा गर्दै छ । रिपब्लिकन सेन्ट्रल स्टेडियममा हुने खेलअघि प्रशिक्षक बालगोपाल महर्जनले नेपालको सुरुवाती ११ खेलाडीकाे नाम सार्वजनिक गरेका छन् ।

लेबनानसँगको खेलमा नेपाली टोलीको कप्तानी नियमित गोलरक्षक अर्पण कार्कीले गर्नेछन् । नेपाल र लेबनानका लागि याे खेल प्रतिष्ठाको लडाइँ मात्र हुनेछ । दुवै टोली अघिल्ला दुई खेलमा पराजय भोग्दै प्रतियोगिताबाट बाहिरिसकेका छन् ।

लेबनानविरुद्ध मैदान उत्रँदा नेपाल सान्त्वना जीतको खोजीमा हुनेछ । नेपाल जीत निकाल्दै छनोटमा सुखद अन्त्य गर्न चाहन्छ । लेबनान पनि नेपाललाई हराउँदै छनोटको सुखद अन्त्य गर्न चाहन्छ ।

छनोटको समूह ’बी’मा इराक र ताजकिस्तान विजेताको दौडमा रहेका छन् । इरान र ताजकिस्तानको समान दुई खेलबाट ६ अंक छ । नेपाल र लेबनान भने अंकविहीन छन् । समूहको शीर्ष टोलीले एएफसी यू- २३ एसियन कप खेल्नेछन् । नेपाल आफ्नो पहिलो खेलमा इरानसँग ४-० गोल अन्तरले पराजित भएको थियो भने दोस्रो खेलमा ताजिकिस्तानसँग ६-० गोल अन्तरले स्तब्ध भएको थियो  ।

नेपालको सुरुवाती ११

गोलरक्षक- अर्पण कार्की (कप्तान)
डिफेन्डर- सुमन अर्याल, सुरजजिउ ठकुरी, राजन गुरुङ, सेसेहाङ आङ्देम्बे 

मिडफिल्डर- नितिन थापा, दर्शन गुरुङ, एरिक विष्ट

स्ट्राइकर-आयुष घलान, मनीष डाँगी, अभिषेक रिजाल

Leave a Reply

Your email address will not be published. Required fields are marked *