यसपाली काठमाडौंमा राति ९ बजेपछि देउसीभैलो खेल्न नपाइने

जिल्ला प्रशासन कार्यालय काठमाडौंले यसपालीको तिहारमा ९ बजेपछि देउसी–भैलो खेल्न रोक लगाएको छ । प्रशासन कार्यालयले आज विज्ञप्ति जारी गर्दै कोभिड–१९ संक्रमण हुन नदिन स्वास्थ्य मापदण्ड पालना गर्दैै देउसी खेल्न पाइने भएपनि ९ बजेसम्ममात्र खेल्न पाइने सूचना जारी गरेको हो ।

पटका, आतसवाजीजस्ता विस्फोटक एवं प्रज्वलनशिल पदार्थ उत्पादन, ओसारपोसार, विक्री वितरण तथा प्रयोग नगर्न समेत प्रशासनले निर्देशन दिएको छ ।

देउसी भैलो खेल्दा राती ९ बजेसम्म मात्र सभ्य एवं शान्तिपूर्णरुपमा गर्ने र यस्ता कार्यक्रम गर्दा शान्तिपूर्णरुपमा गर्न पनि प्रशासनले भनेको छ । कोभिड–१९ को जोखिम कायमै रहेकाले स्वास्थ्य मापदण्ड पालना गर्न समेत प्रशासनले भनेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *