बितेको २४ घण्टामा मुलुकभर ४ सय ८ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पीसीआर विधिबाट ५ हजार ७ सय ३१ र एन्टिजेन विधिबाट २ हजार १ सय ६१ जनामा भएको परीक्षणमा जम्मा ४ सय ८ जनामा संक्रमण पुष्टि भएको हो ।
२४ घण्टामा ५ सय १८ जना संक्रमणमुक्त भएका छन् भने ८ जनाको मृत्यु भएको छ । हाल देशभर ९ हजार ३ सय ७६ जना सक्रिय संक्रमित रहेका छन् ।