खानेपानी, सिँचाइ र नदी नियन्त्रणका ८२ योजना

म्याग्दी। म्याग्दीमा चालू आर्थिक वर्ष २०८२/८३ मा खानेपानी, सिँचाइ र नदी नियन्त्रणसम्बन्धी ८२ वटा योजना सञ्चालन भएका छन्।

खानेपानी, जलस्रोत तथा सिँचाइ डिभिजन कार्यालयले ३४ वटा खानेपानी, चार वटा नदी नियन्त्रण, २९ वटा नदी नियन्त्रण, विपद्का चार र ऊर्जातर्फ दुईवटा योजना कार्यान्वयनमा ल्याएको हो।

कार्यालयका प्रमुख सिनियर डिभिजनल इन्जिनियर झलकमोहन ओझाले ४३ वटा योजनाको ठेक्का लगाएको र बाँकी योजना ठेक्का प्रक्रियामा रहेका जानकारी दिए।

‘प्रदेश सरकारको निर्देशनअनुसार यस वर्ष सबै योजना ठेक्का प्रतिस्पर्धाबाट कार्यान्वयनमा लगिएको छ,’ उनले भने, ‘गत वर्ष सुरु भएका दुई वटा योजना निर्माण सकिएका छन्।’

संघीय विशेष अनुदानको रत्नेचौर लिफ्ट खानेपानी र मंगला गाउँपालिका ४ को बुकेनी सिँचाइ योजना निर्माण सकिएको हो।

सबै योजनाका लागि पुँजीगततर्फ ११ करोड ६८ लाख बजेट विनियोजन भएको छ।

खानेपानीतर्फ स्रोत सुनिश्चितता भएका १२, क्रमागत १०, मर्मतसम्भार सात र सर्वेक्षणसम्बन्धी चार वटा योजना छन्।

नदी नियन्त्रणतर्फ कुल एक करोड बजेट भएको पोखरेबगर, सिम, तातोपानी संरक्षण र ठाडोढुंगा पहिरो रोकथाम योजना रहेका छन्।

सिँचाइतर्फका ११ वटा योजनाको स्रोत सुनिश्चितता, १३ वटा क्रमागत र पाँचवटा मर्मत सम्भारसम्बन्धी योजना छन्।

Artha Sanjal

Leave a Reply

Your email address will not be published. Required fields are marked *