बीमा समितिमा संचालक परिवर्तन

बीमा समितिको संचालक बोर्डमा हेरफेर भएको छ । अर्थमन्त्रालयको तर्फबाट प्रतिनिधित्व गर्दै आएका झक्क प्रसाद सुवेदी कर्णाली प्रदेशको आर्थिक मामला मन्त्रालयको सचिवको रुपमा सरुवा भएपछि उनको ठाउँमा अर्थमन्त्रालयकै बजेट महाशाखाका प्रमुख सह–सचिव भुपाल बराल नियुक्त भएका छन् ।

बीमा समितिका अनुसार कानुन मन्त्रालयबाट प्रतिनिधित्व गर्दै आएका सह–सचिव फणिन्द्र गौतमको ठाउँमा सोही मन्त्रालयका सुशिल कोइराला नियुक्त भएका छन् । दुवै संचालकहरु केही दिन पहिले परिवर्तन भएको समितिले जनाएको छ ।

बीमा क्षेत्रको नियमनकारी निकाय भएकाले बीमा समितिमा संचालक हेरफेर हुनुले खास अर्थ राख्ने बीमा विज्ञहरुको भनाइ छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *