भन्सार सहजीकरण गरिदिन नाडाको आग्रह

नाडा अटोमोबाइल्स एसोसियसन अफ नेपालले भन्सार विभागका महानिर्देशक नारायणप्रसाद सापकोटालाई भन्सार सहजीकरण गरिदिन आग्रह गरेको छ । नाडाका अध्यक्ष कृष्णप्रसाद दुलालको नेतृत्वमा गएको ६ सदस्यीय प्रतिनिधि मण्डलले भन्सार विभागका महानिर्देशक नारायणप्रसाद सापकोटासँगको भेटमा सहजीकरणका लागि आग्रह गरेको हो ।

उक्त भेटवार्तामा नाडाका प्रतिनिधि र भन्सारका महानिर्देशकबीच विभिन्न विषयमा छलफल भएको थियो । यसैगरी नाडाका महासचिव सुनिल रिजालले एचएस कोड परिवर्तन र साफटा सुविधाअन्तर्गत आउने अटोमोबाइल वस्तुहरूको वर्गीकरणमा स्पष्टता हुनुपर्ने बताए ।

छलफलमा नाडाका कोषाध्यक्ष सुरेन्द्र उप्रेतीले एलसी खोली व्यवसाय गर्दा पनि भन्सार नाकाहरूमा पर्ने समस्याहरूबारे जानकारी गराए ।

सोही क्रममा महानिर्देशक सापकोटाले विभागले व्यवसायीहरूका लागि सहजीकरण गरिने बताउँंदै व्यवसायीहरूका लागि अनलाइन पेमेण्ट र भेहिकल स्क्यानरको व्यवस्थासमेत गरिने बताए ।

छलफलकै क्रममा महानिर्देशक सापकोटाले भन्सार विभागले अव ट्रस्टेड ट्रेडर्सहरूको प्रोफाइल समेत तयार गर्न लागेको बताउँदै यसबाट व्यवसायीहरूलाई सहज हुने विश्वास लिएको बताए ।

नाडाले महानिर्देशकको जिम्मेवारी सम्हाल्न केहि हप्ता अगाडी विभागमा आएका सापकोटालाई स्वागतसमेत गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *