नबिल बैंकको दसैं धमाका अफर, १५ सय रुपैयाँसम्म क्यासब्याक

नबिल बैंकले चाडवाड लक्षित ‘नबिल दसैं धमाका अफर’ ल्याएको छ । यस अफरअन्तर्गत नबिल बैंकको डेबिट तथा क्रेडिट कार्ड प्रयोग गर्ने ग्राहकहरुले बिग मार्ट, दराज र किरानामा कार्ड प्रयोग गरेबापत क्यासब्याक पाउन सक्नेछन् ।

बैंकले ल्याएको अफरबमोजिम ग्राहकहरुले बिग मार्टमा १० प्रतिशत छुट वा अधिकतम ३ सय रुपैयाँसम्म क्यासब्याक पाउनेछन् । यो अफर घटस्थापनाको दिनदेखि लागू हुने बैंकले जनाएको छ ।

त्यस्तै किरानामा १५ प्रतिशत छुट वा अधिकतम १५ सय रुपैयाँसम्म क्यासब्याक पाउन सक्नेछन् । किराना पसलमा यो अफर अक्टोबर ४ देखि अक्टोबर ११ सम्म लागू हुनेछ । दराजमा भने हरेक शुक्रबार १० प्रतिशत छुट वा अधिकतम ५ सय रुपैयाँसम्म पाउन सक्नेछन् ।

बैंकले यस योजनाबाट आफ्नो ग्राहकवर्गहरुमा दसैंको उपलक्ष्यमा नयाँ हर्ष ल्याउन खोजेको छ । यस अफरको लाभ लिनका लागि नबिल बैंकको डेबिट अथवा क्रेडिट कार्ड चाहिने हुनाले नबिल बैंकको नजिकको शाखामा गई खाता खोलेर ग्राहक महानुभावहरुले डेबिट र क्रेडिट कार्ड मार्फत क्यासब्याकको अफर लिन सक्नेछन् ।

नबिल बैंकको देशैभरी १ सय ३५ शाखा, १ सय ८५ एटीएम र १५ सयभन्दा बढी नबिल रेमिट एजेन्टहरु रहेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *