माछापुच्छ्रे बैंकले आगामी कार्तिक २६ गते बैंकको २३औं वार्षिक साधारण सभा गर्ने निर्णय गरेको छ । हिजो नेपाल राष्ट्र बैंकले प्रस्तावित लाभांश स्वीकृत गरे सँगै वैंकको सञ्चालक समितिले वार्षिक साधारण सभा गर्ने निर्णय गरेको हो ।
बैंकले शेयरधनीलाई सञ्चित मुनाफाबाट रु. १ अर्ब २० करोड बोनस शेयर र रु. ६ करोड ३३ लाख नगद लाभांश (कर प्रयोजनको लागि) गरी जम्मा रु. १ अर्ब २६ करोड लाभांश वितरण गर्न नेपाल राष्ट्र बैंकले स्वीकृत गरेको छ ।
बैंकले शेयरधनीहरुलाई चूक्ता पूँजीको १३.३० प्रतिशत बोनस शेयर र ०.७० प्रतिशत नगद लाभांश गरी जम्मा १४ प्रतिशत लाभांश वितरण गर्न लागेको हो । उक्त लाभांश बैंकको आगामी वार्षिक साधारण सभाले पारित गरे पश्चात वितरण हुनेछ । वार्षिक साधारण सभा प्रयोजनको लागि कार्तिक ७ गते शेयर दाखिल खारेज बन्द (बुक क्लोज) हुने बैंकले जनाएको छ ।
बैंकले गत आर्थिक वर्षमा १ अर्ब ६० करोड रुपैया खुद नाफा गरेर प्रतिशेयर आम्दानी १७ रुपैया ७६ पैसा कायम गरेको थियो । वैंकको चुक्ता पूँजी ९ अर्ब ५ करोड रुपैया तथा साधारण जगेडा कोषमा २ अर्ब २ करोड रुपैया संचित छ ।
माछापुच्छ्रे बैंक लिमिटेडले पूर्वमा झापा देखि पश्चिममा कन्चनपुर साथै हिमाल देखि पहाड र तराई गरी सातै प्रदेशमा आफ्ना १६२ बटा शाखाहरु र १७५ शाखारहित बैकिङ्ग सेवा, ७ एक्सटेन्सन काउण्टर समेत गरी जम्मा ३४४ स्थानवाट १० लाख भन्दा बढि ग्राहक महानुभावहरुमा सम्पुर्ण बैंकिङ् सुविधा प्रदान गरिरहेको छ । साथै, बैंकको देशभर २०३ बटा एटीएमहरु संचालनमा रहेको छन्