केएल टावरले दशैं तिहारको अवसर पारेर ‘रमाइलो दशैं तिहार हरेक हप्ता उपहारै उपहार’ योजना ल्याएको छ । यस योजना अन्तर्गत ग्राहकले दैनिक, साप्ताहिक तथा बम्पर उपहारहरु पाउने छन् ।
केएल टावरका अनुसार दैनिक उपहार योजना अन्तरगत हरेक दिन एक जोडीलाई एफ क्युब सिनेमाको टिकट, एक हजार रुपैंयाँ बराबरको शपिङ भौचरका साथै अन्य आकर्षक उपहारहरु उपलब्ध गराइने छ ।
१ हजार रुपैयाँ वा सो भन्दा माथिको सामान खरिद गर्दा साप्ताहिक रुपमा सिजी ब्राण्डका होम अप्लाइन्सेज, टिभि, फ्रिज, रेफ्रिजिरेटर, वासिङ मेशिन, आईरन, हिटर, भ्याकुम क्लिनर लगायतका घरायसी सामग्री उपलब्ध गराइने टावर व्यवस्थापनले जनाएको छ ।
बम्पर प्राइजमा एक जनालाई टिभिएस अपाचे आरटिआर १६० २भि वितरण गरिने उपहार योजनाका संयोजक हीरामणी तिमिल्सिनाले बताए । उनले चाडपर्वका बेला उपभोक्तालाई प्रोत्साहित गर्ने उदेश्यका साथ टावरले उपहार योजना सुरु गरेको बताए । असोज १९ गतेदेखि सुरु भएको योजना कात्तिक ३० गतेसम्म लागू हुने तिमिल्सिनाले जानकारी दिए ।
उपहार योजनामा सहभागि हुनका लागि कम्तीमा एक हजार रुपैयाँ बराबरको सामान खरिद गर्नुपर्ने हुन्छ । हजार वा सोभन्दा बढीको सामान खरिद गरे पछि उपभोक्तालाई कुपन उपलब्ध गराइनेछ । सोही कुपनका आधारमा गोलाप्रथाद्वारा उपहार विजेता चयन गरिनेछ ।
साथै केएल टावरमा घटस्थापनादेखि सिनेमाहलहरु समेत खुलेका छन् । सिनेमा हलहरु खुलेको र दशैँ लागिसकेका कारण केएल टावरमा अहिले सपिङ्ग गर्नेहरुको चहलपहल समेत बढेको छ ।