इरानसँगको वार्ता सकारात्मक दिशामा अघि बढेको ट्रम्पको दाबी

काठमाडौं ।अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग जारी आणविक वार्ता सकारात्मक दिशामा अघि बढिरहेको बताएका छन्। उनले हालै कतारमा भएका बैठकहरू फलदायी रहेको उल्लेख गर्दै दुवै पक्षबीच भएको प्रगतिप्रति आशावादी रहेको बताए। बुधबार उत्तर डकोटातर्फ प्रस्थान गर्नुअघि सञ्चारकर्मीसँग कुरा गर्दै ट्रम्पले इरानको आणविक कार्यक्रमलाई सीमित गर्ने प्रयास सही दिशामा अघि बढिरहेको बताए। उनले दुवै पक्षबीच भएका…

Read More

अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य घट्यो, ब्रेन्ट ७२.५१ डलरमा झर्‍यो

काठमाडौं — अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्यमा मंगलबार गिरावट आएको छ। इरान–अमेरिकाबीच सम्भावित वार्ताको चर्चा, चीनमा तेलको माग सुस्त हुनु तथा मध्यपूर्वको भू–राजनीतिक अनिश्चितताका कारण तेल बजार दबाबमा परेको विश्लेषण गरिएको छ। मंगलबार ब्रेन्ट क्रुडको मूल्य ०.९ प्रतिशत घटेर प्रतिब्यारेल ७२.५१ अमेरिकी डलरमा झरेको छ। अमेरिकी वेस्ट टेक्सास इन्टरमिडियट (डब्लुटीआई) पनि ०.६ प्रतिशतले घटेर प्रतिब्यारेल…

Read More

मेक्सिको–इक्वेडर खेल एक घण्टा पछि सुरु हुने

मेक्सिको सिटी — फिफा विश्वकप २०२६ अन्तर्गत मेक्सिको र इक्वेडरबीचको अन्तिम ३२ चरणको खेल खराब मौसमका कारण निर्धारित समयमा सुरु हुन सकेन। मेक्सिको सिटी स्टेडियममा नेपाली समयअनुसार बिहान ६:४५ बजे सुरु हुने तालिका रहेको खेल आँधीबेहरीका कारण प्रभावित भएको हो। प्रतिकूल मौसमका कारण खेलअघि हुने वार्मअपसमेत स्थगित गरिएको थियो। फिफाले खेल निर्धारित समयभन्दा एक घण्टा…

Read More

फ्रान्स र नर्वे अन्तिम १६ मा, एम्बाप्पे र हल्याण्ड चम्किए

काठमाडौं — फिफा विश्वकप फुटबल प्रतियोगितामा फ्रान्स र नर्वे अन्तिम १६ मा प्रवेश गरेका छन्। न्यूजर्सीमा आइतबार राति भएको खेलमा फ्रान्सले स्विडेनलाई ३–० ले पराजित गर्दै नकआउट चरणमा स्थान सुरक्षित गर्‍यो। फ्रान्सको जितमा किलियन एम्बाप्पेले दुई तथा ब्राडली बारकोलाले एक गोल गरे। एम्बाप्पेले पहिलो हाफको इन्जुरी समयमा गोल गर्दै फ्रान्सलाई अग्रता दिलाएका थिए। दोस्रो हाफको…

Read More

साउदीमा ३३ नेपाली कैदीबन्दीले पाए आममाफी

काठमाडौं। साउदी अरब सरकारले ३३ जना नेपाली कैदीहरूलाई आममाफी दिएको छ। मुस्लिम समुदायको पवित्र महिना रमजानको पावन अवसरमा साउदीले नेपाली कैदीहरूलाई आममाफी दिने निर्णय गरेको हो। साउदी अरबको यो कदमप्रति नेपाल सरकारले साउदी अधिराज्यको सरकारलाई धन्यवाद ज्ञापन गरेको छ। परराष्ट्र मन्त्रालयले एक विज्ञप्ति जारी गर्दै साउदी सरकारको यस प्रकारको निर्णयले नेपाल र साउदी अरबबिच लामो समयदेखि…

Read More

विश्व अर्बपतिको रोजाइमा अमेरिकाको न्युयोर्क र चीनको सेन्जेन सहर

काठमाडौं। हुरुन ग्लोबल रिच लिस्ट २०२६ अनुसार अमेरिकाको न्युयोर्क सहरमा विश्वकै सबभन्दा धेरै १४६ जना अर्बपति बस्छन्। अमेरिका विश्वको सबैभन्दा ठूलो अर्थतन्त्र हो र विश्वका शीर्ष १०० कम्पनीमध्ये आधाभन्दा बढी यही देशका छन्। विश्वमा सबभन्दा धेरै अर्बपति भएका ३२ सहरमध्ये १८ एसियामा छन्। न्युयोर्कपछि चीनको सेन्जेन सहरमा सबभन्दा धेरै १३२ अर्बपति छन्। चीनको सांघाईमा १२०…

Read More

भेनेजुएलामा भूकम्प : ज्यान गुमाउनेको संख्या १४ सय नाघ्यो 

एजेन्सी । भेनेजुएलामा आएका दुई विनाशकारी भूकम्पमा ज्यान गुमाउनेहरूको संख्या बढेर १,४३० पुगेको छ। राष्ट्रिय सभाका अध्यक्ष होर्खे रोड्रिगेजले एक टेलिभिजनमार्फत भूकम्पका कारण ३,२३८ जना घाइते भएको र ३,१४२ परिवार प्रत्यक्ष रूपमा प्रभावित भएको बताए। बुधबार ७.२ र ७.५ म्याग्निच्युडका शक्तिशाली दुई भूकम्प केही सेकेन्डको अन्तरमा आएपछि हालसम्म देशभर ४३० वटा हल्कादेखि मध्यम स्तरका पराकम्प…

Read More

भेनेजुएला भूकम्प : मृत्यु हुनेको संख्या २३५ पुग्यो, उद्धारमा अन्तर्राष्ट्रिय सहयोग तीव्र

काठमाडौं । दक्षिण अमेरिकी राष्ट्र भेनेजुएलामा हालै गएको शक्तिशाली दुईवटा भूकम्पपछि मृत्यु हुनेको संख्या २३५ पुगेको छ भने ४ हजार ३०० भन्दा बढी मानिस घाइते भएका छन् । भेनेजुएलाकी स्वास्थ्यमन्त्री कारिका अल्भाराडोका अनुसार अधिकांश घाइते सामान्य अवस्थाका भए पनि धेरै गम्भीर घाइतेको शल्यक्रिया गर्नुपरेको छ । उनले अस्पतालमा ल्याइएका २३५ जनालाई मृत घोषणा गरिएको जानकारी…

Read More

भेनेजुएलालाई विश्वभरबाट सहयोगको घोषणा, कार्यवाहक राष्ट्रपति रोड्रिगेजद्वारा आभार व्यक्त

काठमाडौं । भेनेजुएलाको राजधानी काराकास क्षेत्रलाई केन्द्रबिन्दु बनाएर बुधबार शक्तिशाली दुईवटा भूकम्प आएपछि विभिन्न देशका नेताहरूले मानवीय सहायता, उद्धार टोली तथा स्वास्थ्यकर्मी पठाउने घोषणा गरेका छन् । भेनेजुएलाकी कार्यवाहक राष्ट्रपति डेल्सी रोड्रिगेजले सहयोगको प्रतिबद्धता जनाउने विश्व नेताहरूलाई धन्यवाद व्यक्त गरेकी छन् । भूकम्पका कारण भवनहरू भत्किनुका साथै विभिन्न क्षेत्रमा ठूलो क्षति पुगेपछि अन्तर्राष्ट्रिय समुदायबाट सहयोगको…

Read More

इरान युद्धका लागि ट्रम्प प्रशासनले माग्यो ८७.६ अर्ब डलर अतिरिक्त बजेट

काठमाडौं ।अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प प्रशासनले इरानविरुद्धको सैन्य अभियानलगायत विभिन्न प्रयोजनका लागि ८७ अर्ब ६० करोड अमेरिकी डलर अतिरिक्त बजेट स्वीकृत गर्न अमेरिकी संसद्समक्ष प्रस्ताव पेश गरेको छ। व्यवस्थापन तथा बजेट कार्यालयले बुधबार संसदमा पेश गरेको प्रस्तावअनुसार करिब ६७ अर्ब डलर रक्षा मन्त्रालयका लागि छुट्याइएको छ। उक्त रकम सैन्य अभियान सञ्चालन, सैनिक तयारी तथा हतियार…

Read More

ब्राजिल र मोरक्को नकआउट चरणमा प्रवेश

काठमाडौं। फिफा विश्वकप २०२६ अन्तर्गत बिहीबार बिहान भएका खेलमा ब्राजिल र मोरक्को नकआउट चरणमा प्रवेश गरेका छन्। समूह ‘सी’मा ब्राजिलले स्कटल्यान्डलाई ३–० गोलले पराजित गर्दै ७ अंकसहित समूह विजेता बन्यो। ब्राजिलका भिनिसियस जुनियरले दुई तथा मथेउस कुन्हाले एक गोल गरे। यस्तै, मोरक्कोले हाइटीलाई ४–२ गोलले हराउँदै ७ अंक नै जोड्यो। समान अंक भए पनि आपसी भेटको…

Read More

इरानको नियन्त्रणमा स्ट्रेट अफ होर्मुज, ४४१ तेल ट्यांकर प्रतीक्षामा; अमेरिका–इरान वार्तापछि नयाँ सहमति

काठमाडौं । इरानका प्रमुख वार्ताकार तथा संसद सभामुख मोहम्मद बगेर गलिबाफले स्ट्रेट अफ होर्मुजको व्यवस्थापन अब इरानको नियन्त्रणमा रहने बताएका छन् । स्विट्जरल्यान्डबाट फर्किने क्रममा सोमबार सञ्चारमाध्यमसँग कुरा गर्दै उनले जलमार्गको व्यवस्थापन अब पूर्व–युद्ध अवस्थामा फर्किन नसक्ने दाबी गरे । उनले इरान र अमेरिका बीच आपतकालीन अवस्थाहरूमा तत्काल सम्पर्क र समन्वयका लागि एक संयुक्त सम्पर्क…

Read More

इरानले भन्यो– ट्रम्पको धम्कीपछि अमेरिकासँगको वार्ता बीचमै छाड्यौं

काठमाडौं — स्विट्जरल्यान्डमा इरान र अमेरिकाबीच जारी वार्ता अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको धम्कीपूर्ण अभिव्यक्तिपछि अवरुद्ध भएको इरानी पक्षले जनाएको छ। इरानी वार्ता टोलीका प्रमुख मोहम्मद बाकर गालिबाफले सञ्चारमाध्यमसँग कुरा गर्दै ट्रम्पले इरानका राष्ट्रपति, वार्ता टोली र देशको भूभागमाथि आक्रमण गर्ने चेतावनी दिएको जानकारी पाएपछि आफूहरूले वार्ता छाडेको बताएका हुन्। उनका अनुसार करिब ८० मिनेटसम्म छलफल…

Read More

चीनसँग व्यापार असन्तुलन गहिरिँदै, ११ महिनामा ३.८२ खर्बको आयात हुँदा निर्यात केवल १.५९ अर्ब

काठमाडौं । नेपालको दोस्रो ठूलो आयात स्रोत मुलुक चीनसँगको व्यापारमा असन्तुलन झन् गहिरिँदै गएको देखिएको छ । भन्सार विभागको चालु आर्थिक वर्षको पहिलो ११ महिनाको तथ्यांक अनुसार चीनबाट ठूलो परिमाणमा वस्तु आयात भए पनि निर्यात भने अत्यन्त न्यून रहेको छ । भन्सार विभागले सार्वजनिक गरेको तथ्यांक अनुसार समीक्षा अवधिमा नेपालले चीनबाट ३ खर्ब ८२ अर्ब रुपैयाँभन्दा…

Read More

फिफा विश्वकप २०२६ मा रातो कार्डको वर्षा, खेलाडी निष्कासन संख्या ८ पुग्यो

काठमाडौं । फिफा विश्वकप २०२६ मा खेलाडी निष्कासनको संख्या उल्लेखनीय रूपमा बढेको छ । प्रतियोगितामा हालसम्म देखाइएका रातो कार्डको संख्या ८ पुगेको छ, जुन सन् २०१८ र २०२२ का विश्वकपमा देखाइएका कुल रातो कार्ड (४–४) को संयुक्त संख्यासरह हो । फक्स स्पोट्र्सका अनुसार आइतबार समूह ‘सी’ अन्तर्गत बेल्जियम र इरानबीच भएको खेलमा बेल्जियमका डिफेन्डर नाथन…

Read More

अमेरिका–इरान वार्ता स्विट्जरल्यान्डमा हुँदै, होर्मुज जलडमरू के होला ?

एजेन्सी । इरानको मुख्य सैन्य कमाण्डको केन्द्रीय मुख्यालयले शनिबार होर्मुज जलडमरू बन्द गर्ने घोषणा गरेको छ। अमेरिकाले दक्षिणी लेबनानमा नयाँ हस्ताक्षर गरिएको शान्ति सम्झौता (एमओयू) र इजरायलको युद्धविरामको ‘उल्लङ्घन’ गरेको उल्लेख गर्दै इरानको अर्ध सरकारी मेहर समाचार एजेन्सीले उल्लेख गरेको छ । इरानी विदेश मन्त्रालयका प्रवक्ता इस्माइल बकाईलाई उद्धृत गर्दै मेहरले इरानी वार्ता टोली अमेरिकी…

Read More

ट्रम्पले गरे हर्मुजको जलडमरूसम्बन्धी महत्त्वपूर्ण घोषणा

काठमाडौं। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले होर्मुज जलडमरूमध्यसम्बन्धी महत्त्वपूर्ण घोषणा गरेका छन्। उनले युद्धविरामको अवधिमा ६० दिनसम्म होर्मुज जलडमरूमध्यबाट आवतजावत गर्ने जहाजहरूबाट कुनै शुल्क नलिइने बताएका छन्। यो घोषणा त्यतिबेला आएको हो, जब इरानको खातम अल–अम्बिया मुख्यालयले होर्मुज जलडमरूमध्य जहाजहरूको आवागमनका लागि बन्द गरिएको दाबी गरेको छ। ट्रम्पले आफ्नो सामाजिक सञ्जालमार्फत लेखेका छन्, “युद्धविरामको अवधिमा ६० दिनसम्म…

Read More

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

काठमाडौँ। नेपाल राष्ट्र बैंकले आज (आइतबार)का लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ। राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १५० रुपैयाँ ६२ पैसा र बिक्रीदर १५१ रुपैयाँ २२ पैसा निर्धारण गरिएको छ। यस्तै, युरोपियन युरो एकको खरिददर १७२ रुपैयाँ ६६ पैसा र बिक्रीदर १७३ रुपैयाँ ३४ पैसा, युके पाउण्ड स्ट्रलिङ एकको खरिददर १९९ रुपैयाँ ३४…

Read More

नेपाललाई एडीबीको ११ करोड ५० लाख डलर सहुलियत ऋण

काठमाडौं । एशियाली विकास बैंक (एडीबी)ले नेपालका नगरपालिकाहरूमा खानेपानी तथा सरसफाइ सेवाको पहुँच विस्तार गर्न ११ करोड ५० लाख अमेरिकी डलर (करिब १५ अर्ब रुपैयाँभन्दा बढी) बराबरको सहुलियत ऋण स्वीकृत गरेको छ । एडीबीका अनुसार उक्त ऋणबाट सञ्चालन हुने एकीकृत खानेपानी आपूर्ति तथा ढल व्यवस्थापन परियोजना मार्फत १३ जिल्लाका ८ लाख ५० हजारभन्दा बढी नागरिक…

Read More

अमेरिकाले सम्झौता उल्लंघन गरे कडा जवाफ दिने इरानको चेतावनी : ६० दिने औपचारिक वार्ता सुरु

काठमाडौं । संयुक्त राज्य अमेरिका वा उसका साझेदारहरूले बदनियतपूर्वक काम गरेमा, वार्ताका लागि भर्खरै तय गरिएको रूपरेखा (फ्रेमवर्क) उल्लंघन गरेमा वा थप मागहरू राखेमा तेहरानले कडा जवाफ दिने चेतावनी इरानका शीर्ष वार्ताकार एवं संसदका सभामुख मोहम्मद बगेर गालिबाफले दिएका छन् । सामाजिक सञ्जाल एक्समा पोस्ट गर्दै गालिबाफले इरानका सर्वोच्च नेता आयातोल्लाह मोज्ताबा खामेनीले उल्लेख गरेका…

Read More