काठमाडौं — अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्यमा मंगलबार गिरावट आएको छ। इरान–अमेरिकाबीच सम्भावित वार्ताको चर्चा, चीनमा तेलको माग सुस्त हुनु तथा मध्यपूर्वको भू–राजनीतिक अनिश्चितताका कारण तेल बजार दबाबमा परेको विश्लेषण गरिएको छ।
मंगलबार ब्रेन्ट क्रुडको मूल्य ०.९ प्रतिशत घटेर प्रतिब्यारेल ७२.५१ अमेरिकी डलरमा झरेको छ। अमेरिकी वेस्ट टेक्सास इन्टरमिडियट (डब्लुटीआई) पनि ०.६ प्रतिशतले घटेर प्रतिब्यारेल ७०.३६ डलरमा कारोबार भएको छ।
विश्लेषकहरूका अनुसार लगानीकर्ताले दोहामा हुन सक्ने सम्भावित वार्ता र स्ट्रेट अफ होर्मुजमार्फत हुने तेल आपूर्तिको अवस्थालाई नजिकबाट नियालिरहेका छन्।
इरानले जहाज आवतजावतको व्यवस्थापनबारे छलफल गर्न सकिने संकेत दिएको भए पनि अमेरिकासँग तत्काल औपचारिक वार्ताको सम्भावना भने अस्वीकार गरेको छ।
Artha Sanjal






