भिजिट भिसा छानबिन समितिको प्रतिवेदन कार्यान्वयन गर्ने मन्त्रिपरिषदको निर्णय

काठमाडौँ । नेपाल सरकारले भिजिट भिसामा देखिँदै आएका समस्या समाधान गर्न गठित उच्चस्तरीय छानबिन समितिको प्रतिवेदन कार्यान्वयनमा लैजाने निर्णय गरेको छ। बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले उक्त प्रतिवेदन कार्यान्वयनका लागि गृह मन्त्रालयमा पठाउने निर्णय गरेको हो।

अध्यागमन र भिजिट भिसाको सन्दर्भमा विगतदेखि देखिएका समस्या समाधान गर्न गठित ‘उच्चस्तरीय अध्ययन एवं छानबिन समिति, २०८२’ ले पेस गरेको प्रतिवेदनलाई कार्यान्वयनमा लैजान लागिएको सरकारका प्रवक्ता समेत रहेका सञ्चारमन्त्री जगदीश खरेलले जानकारी दिए।

त्यस्तै, बैठकले प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) मा बढुवा, भूमि समस्या समाधान आयोग खारेजी, इलाम जिल्लालाई विपद् सङ्कटग्रस्त क्षेत्र घोषणा लगायत अन्य महत्त्वपूर्ण निर्णयहरू समेत गरेको जनाएको छ।

Artha Sanjal

Leave a Reply

Your email address will not be published. Required fields are marked *