सिन्धुलीको घ्याङलेखमा नेपाल एसबीआई बैंक लुटियो

काठमाडौं । सिन्धुली जिल्लाको घ्याङलेख गाउँपालिका क्षेत्रमा रहेको Nepal SBI Bank लुटिएको खबर सार्वजनिक भएको छ।

सामाजिक सञ्जालमार्फत बिर्ख वाइवा तामाङले बैंक लुटपाट भएको जानकारी दिएका हुन्। उनका अनुसार बैंकमा भर्खरै लुटपाटको घटना भएको बताइएपछि स्थानीय क्षेत्रमा त्रास फैलिएको छ।

घटनाको विस्तृत विवरण भने अहिलेसम्म आधिकारिक रूपमा सार्वजनिक भएको छैन। बैंकमा कति रकम लुटियो, कति जना संलग्न थिए, र कुनै मानवीय क्षति भयो वा भएन भन्ने विषयमा स्पष्ट जानकारी आउन बाँकी छ।

तर, सामाजिक सञ्जालमा घटना सम्बन्धी सूचना फैलिएसँगै स्थानीय बासिन्दा र आसपासका क्षेत्रका नागरिकलाई सतर्क रहन आग्रह गरिएको छ।

बिर्ख वाइवा तामाङले चारैतिरका मित्र तथा स्थानीयलाई ‘अलर्ट’ रहन अनुरोध गर्दै सम्बन्धित निकायको ध्यानाकर्षण गराएका छन्। विशेषगरी District Police Office, Sindhuli लाई घटनाबारे जानकारी गराउँदै तत्काल अनुसन्धान र आवश्यक सुरक्षा व्यवस्था मिलाउन आग्रह गरिएको छ।

  • घटनाको सत्यतथ्य पत्ता लगाउन प्रहरीले अनुसन्धान अघि बढाउने अपेक्षा गरिएको छ। बैंकिङ सुरक्षाको सवालमा यस्तो घटनाले गम्भीर प्रश्न उठाएको भन्दै स्थानीयवासीले शीघ्र दोषी पत्ता लगाई कडा कारबाही गर्न माग गरेका छन्।
Artha Sanjal

Leave a Reply

Your email address will not be published. Required fields are marked *