सिन्धुली । सिन्धुलीको घ्याङलेख गाउँपालिकास्थित Nepal SBI Bank लुटपाट घटनामा प्रयोग गरिएको गाडी प्रहरीले फेला पारेको छ। लुटपाटमा प्रयोग भएको टाटा सुमो र उक्त गाडीका ड्राइभरलाई प्रहरीले नियन्त्रणमा लिएको हो।
जिल्ला प्रहरी कार्यालय, सिन्धुलीका अनुसार घटनापछि सुरु गरिएको खोजतलासका क्रममा गाडी पहिचान गरी नियन्त्रणमा लिइएको हो। पक्राउ परेका ड्राइभरसँग सोधपुछ भइरहेको छ भने घटनामा संलग्न अन्य व्यक्तिहरूको खोजी तीव्र बनाइएको प्रहरीले जनाएको छ।
बैंक लुटपाटको घटनापछि स्थानीय क्षेत्रमा त्रास फैलिएको थियो। प्रहरीका अनुसार सीसीटीभी फुटेज, मोबाइल लोकेसन र प्राविधिक विश्लेषणका आधारमा अनुसन्धान अघि बढाइएको छ। लुटिएको रकम र संलग्न समूहबारे विस्तृत विवरण संकलन भइरहेको छ।
प्रहरीले घटनासम्बन्धी थप विवरण छिट्टै सार्वजनिक गर्ने जनाएको छ।







