एजेन्सी । बंगलादेशमा हिन्दु समुदायमाथिको हिंसा रोकिएको छैन । पछिल्लो घटनामा झेनाइदह जिल्लाको कालीगञ्ज इलाकामा ४४ वर्षीया एक हिन्दु विधवा महिलामाथि सामूहिक बलात्कार भएको छ।
आरोपितहरूले बलात्कारपछि महिलालाई रूखमा बाँधेर कुटपिट गर्नुका साथै उनका कपाल काटिदिएर पूरै घटनाको भिडिओ पनि बनाएका भारतीय सञ्चारमाध्यमले लेखेका छन् ।
पीडित महिलाले सोमबार दिउँसो कालीगञ्ज प्रहरी चौकीमा ४ जनाविरुद्ध उजुरी दर्ता गराएकी छन् । प्रहरीले यस मामिलामा एक आरोपित हसन नाम गरेका ४५ वर्षीय एक व्यक्तिलाई हिरासतमा लिएको छ, जो सोही इलाकाका बासिन्दा हुन् ।
Artha Sanjal






