काठमाडौँ । पर्वतारोहण तथा ट्रेकिङका लागि नेपाल आएका विदेशी पर्यटकको नक्कली उद्धार गराई अन्तर्राष्ट्रिय बीमा कम्पनीबाट करोडौँ रुपैयाँ ठगी गरेको आरोपमा तीन निजी कम्पनीसँग सम्बन्धित ६ जनालाई केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले पक्राउ गरेको छ ।
सीआईबीका अनुसार उच्च हिमाली क्षेत्रमा सामान्य स्वास्थ्य समस्या देखाएर हेलिकप्टरमार्फत फर्जी उद्धार गराई नक्कली उपचार कागजातका आधारमा बीमा दाबी गरिएको थियो । माउन्टेन रेस्क्यू सर्भिस, नेपाल चार्टर सर्भिस र एभरेस्ट एक्सपिडिसन्स एन्ड एसिस्टेन्समार्फत करिब २ अर्ब ९० करोड रुपैयाँभन्दा बढी ठगी भएको अनुमान गरिएको छ ।
पक्राउ परेकाविरुद्ध राष्ट्रहितविपरीतको गतिविधिमा मुद्दा चलाइने प्रहरीले जनाएको छ ।
Artha Sanjal






