संसद्लाई कटाक्षको थलो नबनाऔं : अमरेश सिंह

काठमाडौं । रास्वपाका सांसद अमरेशकुमार सिंहले संसद्‍लाई कटाक्षको थलो बनाउन नहुने बताएका छन् ।

प्रतिनिधिसभाको शुक्रबारको बैठकलाई सम्बोधन गर्दै सांसद सिंहले संसद्‍लाई एकअर्कालाई घोचपेचको थलो बनाउन नहुने बताए ।

रास्वपा देशमा सुशासन, भ्रष्टाचार अन्त्य गर्ने, दिगो विकास र देश निर्माणको काममा सबैसँग हातेमालो गरेर आगामी दिनमा अघि बढ्न तयार रहेको उनले बताए ।

उनले भने, ‘यो सरकारको तर्फबाट देशमा सुशासन, भ्रष्टाचार अन्त्य गर्ने दिगो विकास र देश निर्माणको काममा सबैसँग हातेमालो गरेर आगामी दिनमा जान्छौं । यो संसद्लाई कटाक्षको थलो नबनाऔं । एकअर्कालाई घोचपेचको थलो नबनाऔं । यसलाई हामी एउटा राष्ट्र निर्माणको थलो बनाऔं । राष्ट्र नीति निर्माणको थलो बनाऔं ।

सांसद सिंहले ३०/३५ वर्षदेखि जनता ठगिँदै आएको भन्दै जनतालाई ठग्ने कामबाट मुक्त गर्नुपर्ने बताए ।

 

Artha Sanjal

Leave a Reply

Your email address will not be published. Required fields are marked *