क्रियाशील सदस्यता खारेज होइन, अद्यावधिक गर्ने : प्रदीप पौडेल

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले पार्टीको क्रियाशील सदस्यता खारेज गर्ने नभनिएको प्रष्टीकरण दिएका छन् ।

सामाजिक सञ्जाल फेसबुकमा उनले लेखेका छन्, ‘क्रियाशील खारेज होइन, उनले नेपाली कांग्रेसले यसअघिको क्रियाशील सदस्यता खारेज गर्न लागेको हो ? भनेर धेरैले आफूलाई प्रश्न गरेको सन्दर्भमा भन्दै लेखेका छन्, ‘हामीले क्रियाशील खारेज गर्ने होइन, अद्यावधिक गर्दैछौँ ।’

पौडेलले विगतमा देखिएका त्रुटी हटाउन यसपटक हामीले प्राविधिक पक्षमा विशेष ध्यान दिएर क्रियाशील अद्यावधिक प्रक्रिया अघि बढाउन लागेको उल्लेख गरेका छन् ।

‘विगतमा देखिएका त्रुटी हटाउन यस पटक हामीले प्राविधिक पक्षमा विशेष ध्यान दिएर क्रियाशील अद्यावधिक प्रक्रिया अघि बढाउँदैछौँ,’ पौडेलले लेखेका छन्, ‘विद्यमान परिस्कृत प्रणालीबाट अद्यावधिक गर्दा हामीले क्रियाशीलमा यसअघि भोग्दै आएका समस्या र अन्योल हटाउन सकिन्छ ।’

उनले अब अद्यावधिक हुने क्रियाशीलले हामीलाई गाउँ गाउँमा जोड्ने कांग्रेसप्रति समर्पित क्रियाशील सदस्यहरूको नवीकरणले थप जिम्मेवार र मजबुत बनाउने बताएका छन् ।

 

Artha Sanjal

Leave a Reply

Your email address will not be published. Required fields are marked *