आज रास्वपाको २९ जिल्लामा अधिवेशन, ३६ जिल्लामा सकियो

काठमाडौं। सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आज २९ जिल्लामा अधिवेशन गर्दै छ।

आज कोसी प्रदेशका ४ जिल्ला, मधेसका ४, बागमतीका २, गण्डकीका ४, लुम्बिनीका ३, कर्णालीका ६ र सुदूरपश्चिम प्रदेशका ६ जिल्लामा अधिवेशन हुने महामन्त्री कवीन्द्र बुर्लाकोटीले जानकारी दिए।

शनिबार ३६ जिल्लामा अधिवेशन भएका थिए। विशेष परिस्थितिका कारण बारा जिल्ला अधिवेशन जेठ २६ गते हुने भएको छ।

रास्वपाले प्रथम राष्ट्रिय महाधिवेशन अगावै ७७ मध्ये ६७ जिल्लामा अधिवेशन सम्पन्न गर्ने तयारी रहेको छ। बाँकी १० जिल्लाको अधिवेशन राष्ट्रिय महाधिवेशनपछि गर्ने भएको हो।

Artha Sanjal

Leave a Reply

Your email address will not be published. Required fields are marked *