रास्वपा सुनसरीकाे अधिवेशनमा प्रतिनिधिबीच हात हालाहाल (भिडियोसहित)

विराटनगर । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सुनसरीको पहिलो अधिवेशनमा विवाद भएपछि कुटाकुट भएको छ । सुनसरीको कोशी गाउँपालिका-१ स्थित लाैकही सिटी हलमा जारी रास्वपाको प्रथम सुनसरी जिल्ला अधिवेशनमा प्रतिनिधीबीच विवाद उत्पन्न हुँदा हात हालाहालको स्थितिसम्म बनेको हो ।

प्रतिनिधि विवादका बीच हलको ढोका बन्द गरेर मतदान शुरु गर्न लागेपछि जेनजी प्रतिनिधिहरुले अपमान भएको भन्दै हलभित्रै हात हाला हाल भएको हो ।

जेनजी प्रतिनिधिहरुले पार्टी नेतृत्वबाट समुदायप्रति असम्मानजनक व्यवहार भएको आरोप लगाउँदै निष्पक्ष, समावेशी र सम्मानजनक वातावरणमा अधिवेशन सञ्चालन गर्न माग गरेका छन् ।

पार्टीभित्रका केही नेताहरूले आफ्ना निकटस्थ व्यक्तिहरूलाई नेतृत्वमा पुर्‍याउने उद्देश्यले प्रतिनिधि छनोटमा प्रभाव पार्न खोजेको भन्दै प्रतिनिधीका विषयमा बिवाद भएको थियो। विवादले उग्र रुप लिएपछि यतिबेला असन्तुष्ट जेनजी समूह धर्नामा बसेको छ ।

 

Artha Sanjal

Leave a Reply

Your email address will not be published. Required fields are marked *