मूल्य पारदर्शिता सप्ताहमा १० फर्म कारबाहीमा

काठमाडौं । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले बजारमा व्याप्त अनियमितता रोक्न र उपभोक्ता अधिकार सुरक्षित गर्न सञ्चालन गरेको ‘मूल्य पारदर्शिता सप्ताह’ अन्तर्गत १० व्यापारिक फर्ममाथि कारबाही गरेको छ । २८ वैशाखदेखि ३ जेठसम्म गरिएको अनुगमनमा २ सय ५ फर्म तथा पसल जाँच गरिएको थियो। कानुन उल्लंघन गर्ने फर्मबाट विभागले कुल ५ लाख ४५ हजार…

Read More

सरकारी कर्मचारीको तलब ३५ हजारदेखि १ लाख २१ हजारसम्म बनाउन सिफारिस

काठमाडौं । सरकारी कर्मचारीको तलब तथा सेवा–सुविधा पुनरावलोकन गरी वृद्धि गर्ने तयारी भएको छ। कर्मचारीको तलब ३५ हजारदेखि एक लाख २१ हजार बनाउन सिफारिस गरेको छ । आगामी आर्थिक वर्षको बजेटमार्फत निजामती कर्मचारीको तलब, भत्ता तथा सेवा–सुविधामा उल्लेख्य पुनरावलोकन गर्ने गरी अर्थ मन्त्रालयले अन्तिम गृहकार्य गरिरहेको उच्च स्रोतले जनाएको छ । बढ्दो महँगी, बजार मूल्यमा…

Read More

आयातमा अर्जेन्टिना तेस्रो ठूलो साझेदार, नेपालमा के–के सामान आउँछ?

काठमाडौं । चालु आर्थिक वर्षको पहिलो १० महिनामा (साउन–वैशाख)सम्म नेपालले १५० भन्दा बढी मुलुकसँग आयात–निर्यात गरेको देखिए पनि व्यापार मुख्य रूपमा सीमित देशहरूसँग केन्द्रित रहेको छ। पहिलो स्थानमा भारत, दोस्रोमा चीन र तेस्रोमा अर्जेन्टिना रहेको छ। भौगोलिक रूपमा टाढा रहेको दक्षिण अमेरिकी मुलुक अर्जेन्टिनाबाट मात्रै नेपालले करिब ९५ अर्ब २७ करोड रुपैयाँ बराबरको वस्तु आयात…

Read More

२३ करोड ७७ लाख खानीको ‘रोयल्टी’ तत्काल उठाउन निर्देशन

काठमाडौँ । खानी तथा खानीजन्य पदार्थबाट प्राप्त हुने रु २३ करोड ७७ लाख ८८ हजार बराबर ‘रोयल्टी’ तत्काल असुल गर्न महालेखापरीक्षकको कार्यालयले निर्देशन दिएको छ । महालेखापरीक्षकको कार्यालयको ६३औँ वार्षिक प्रतिवेदनअनुसार, एक वर्षभन्दा बढी अवधिसम्म उत्खननबापतको रोयल्टी नबुझाएको र अनुमति पाएकोभन्दा बढी परिमाण उत्खनन गरेको पाइएको छ । साधारण ढुङ्गाको रोयल्टी दर प्रतिघनमिटर रु २५…

Read More

एभरेष्ट कलर लिमिटेडले जेठ २२ देखि आईपीओ निष्काशन गर्ने

काठमाडौं । एभरेष्ट कलर लिमिटेडले जेठ २२ गतेदेखि सर्वसाधारणका लागि प्राथमिक शेयर (आईपीओ) निष्काशन गर्ने भएको छ । कम्पनीले यसअघि वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि छुट्याइएको आईपीओ बाँडफाँट गरिसकेको छ । कम्पनीले जारी पूँजी ३० करोड रुपैयाँको २६.३३ प्रतिशत बराबरको ७ करोड ९० लाख रुपैयाँ मूल्यका ७ लाख ९० हजार कित्ता शेयर निष्काशन गर्न अनुमति पाएको…

Read More

ट्राफिक कारबाहीमा चार लाख ७९ हजार राजस्व संकलन

काठमाडौँ। ट्राफिक प्रहरीले पछिल्लो २४ घण्टाको अवधिमा काठमाडौँ उपत्यकाका विभिन्न स्थानमा सञ्चालन गरेको ‘जाँच’का क्रममा एक हजार ८४१ जना सवारी चालकलाई कारबाही गरेको छ। उक्त कारबाहीबाट चार लाख ७९ हजार ५०१ राजस्व संकलन गरिएको छ। आज बिहानसम्म सञ्चालन गरिएको जाँचका क्रममा मादक पदार्थ (मापसे) सेवन गरी सवारी साधन चलाउने १०७, राइड सेयरिङमा १९२, रातोबत्तीमा १८३, तीव्र…

Read More

आज कुन तरकारीको मूल्य कति?

काठमाडौँ। कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको अधिकतम थोक मूल्य निर्धारण गरेको छ। समितिका अनुसार गोलभेँडा ठूलो (भारतीय) प्रतिकिलो ४०, गोलभेँडा सानो (तराई) प्रतिकिलो ३०, आलु रातो (लाम्चो) प्रतिकिलो ३४, आलु रातो (गोलो) प्रतिकिलो २८ र प्याज सुकेको (भारतीय) प्रतिकिलो ३८ रहेको छ। यसैगरी, गाजर (लोकल) प्रतिकिलो ६०, बन्दा (लोकल) प्रतिकिलो ४०,…

Read More

वीरगन्ज भन्सारबाट १० महिनामा सात खर्ब ९४ अर्बको सामान भित्रियो

पर्सा। वीरगन्ज भन्सार नाका हुँदै चालु आर्थिक वर्षको १० महिनामा सात खर्ब ९४ अर्ब ८७ करोड मूल्य पर्ने वस्तु तथा समान आयात भएको छ। गत आवको १० महिनाको तुलनामा चालु अवधिको सोही अवधिमा यो नाका हुँदै एक खर्ब दुई अर्ब ४४ करोड अर्थात् १५ प्रतिशत बढी सामान भित्रिएको हो। वीरगन्ज भन्सार कार्यालयका सूचना अधिकारी उदयसिंह विष्टले…

Read More

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

काठमाडौँ। नेपाल राष्ट्र बैंकले आज (आइतबार)का लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ। सार्वजनिक विवरणअनुसार अमेरिकी डलर एकको खरिददर १५२ रुपैयाँ ८१ पैसा र बिक्रीदर १५३ रुपैयाँ ४१ पैसा कायम गरिएको छ। यसैगरी, युरोपियन युरो एकको खरिददर १७७ रुपैयाँ १७ पैसा र बिक्रीदर १७७ रुपैयाँ ८६ पैसा रहेको छ भने युके पाउण्ड स्टर्लिङ एकको खरिददर २०५…

Read More

भारतीय रिजर्भ बैंकले सरकारलाई २९.९ अर्ब डलर भुक्तानी गर्ने

काठमाडौं — भारतीय रिजर्भ बैंक (आरबिआई) ले संघीय सरकारलाई २.८६ ट्रिलियन भारतीय रुपैयाँ (करिब २९ अर्ब ९० करोड अमेरिकी डलर) हस्तान्तरण गर्ने प्रस्ताव अनुमोदन गरेको छ। आरबिआई बोर्डले शुक्रबार उक्त निर्णय सार्वजनिक गर्दै वर्तमान समष्टिगत आर्थिक अवस्था, वित्तीय प्रदर्शन तथा बढ्दो जोखिमलाई ध्यानमा राखेर अधिशेष रकम सरकारलाई हस्तान्तरण गर्ने निर्णय गरिएको जनाएको हो। आरबिआईले हरेक…

Read More

नेपाल विकासशील मुलुकमा स्तरोन्नति हुने पूर्वनिर्धारित प्रक्रिया पछि धकेलियो

काठमाडौं । परराष्ट्र मन्त्रालयले अति कम विकसित राष्ट्र (एलडिसी) बाट विकासशील मुलुकमा हुने निर्धारित स्तरउन्नतिलाई तत्कालका लागि स्थगन गर्न औपचारिक प्रक्रिया अघि बढाएको जनाएको छ । शुक्रबार आयोजित नियमित प्रेस ब्रिफिङमा परराष्ट्र मन्त्रालयका प्रवक्ता लोकबहादुर पौडेल क्षेत्रीले नेपालले आगामी २४ नोभेम्बर २०२६ मा विकासशील मुलुकमा स्तरोन्नति हुने पूर्वनिर्धारित प्रक्रिया हालका आर्थिक तथा भूराजनीतिक परिस्थितिका कारण…

Read More

यस्तो छ, आजको तरकारी तथा फलफूलको मूल्य

काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आज (शुक्रबार) का लागि कृषिउपजको न्यूनतम थोक मूल्य सार्वजनिक गरेको छ । समितिका अनुसार गोलभेँडा ठूलो (भारतीय) ७० रुपैयाँ, गोलभेँडा ठूलो (नेपाली) ६० रुपैयाँ, गोलभेँडा सानो (लोकल) प्रतिकिलो ३५ रुपैयाँ, गोलभेँडा सानो (तराई) प्रतिकिलो ३२ रुपैयाँ, आलु रातो (लाम्चो) प्रतिकिलो २५ रुपैयाँ, आलु रातो (भारतीय) प्रतिकिलो २४…

Read More

शुक्रबारका लागि विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं । नेपाल राष्ट्र बैंकले आज (शुक्रबार)का लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । जसनुसार आज अमेरिकी डलर एकको खरिददर १५३ रुपैयाँ ६३ पैसा र बिक्रीदर १५४ रुपैयाँ २३ पैसा कायम गरिएको छ । यस्तै, युरोपियन युरो एकको खरिददर १७८ रुपैयाँ ४१ पैसा र बिक्रीदर १७९ रुपैयाँ ११ पैसा रहेको छ भने युके पाउण्ड स्टर्लिङ…

Read More

भट्ट र अग्रवालसहित २९ जनाविरुद्ध मुद्दा चलाउन विभागको सिफारिस, बिगो मागदाबी २० अर्ब

काठमाडौं । सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले व्यवसायी दीपक भट्ट, सुलभ अग्रवाल सहित २९ जनाविरुद्ध करिब २० अर्ब रुपैयाँ बिगो मागदाबीसहित सम्पत्ति शुद्धीकरण कसुरमा मुद्दा चलाउन सिफारिस गरेको छ। विभागले वैशाख दोस्रो साता सरकारी वकिल कार्यालय काठमाडौंमा बुझाएको प्रतिवेदनमार्फत उक्त सिफारिस गरेको हो। मुद्दा सिफारिस गरिएकामध्ये इन्फिनिटी होल्डिङ्सका अध्यक्ष दीपक भट्ट, जगदम्बा होल्डिङ्सका अध्यक्ष सुलभ अग्रवाल,…

Read More

रावा बैंकद्वारा ‘कोशी प्रदेश साना तथा मझौला उद्यम कर्जा’ लगानी

काठमाडौं। साना तथा मझौला कर्जा लगानीलाई प्रोत्साहन गर्ने उद्देश्यले राष्ट्रिय वाणिज्य बैंक र निक्षेप तथा कर्जा सुरक्षण कोषबीच भएको सम्झौताबमोजिम ‘सुरक्षण योगदानमा आधारित कर्जाको पोर्टफोलियो सुरक्षण योजना २०८२’ कार्यान्वयन सुरु भएको छ। विकास र सहयोगका लागि स्वीस एजेन्सी र कोशी प्रदेश सरकारको संयुक्त लगानी रहेको उदय परियोजनाअन्तर्गत कोशी प्रदेश साना तथा मझौला उद्यम व्यवसायमा प्रवाहित हुने…

Read More

कतार एयरवेजलाई साढे दुई करोड क्षतिपूर्ति तिर्न उपभोक्ता अदालतको आदेश

काठमाडौं। उपभोक्ता अदालतले उडानमा एक नेपाली यात्रुलाई क्याबिन क्रुको असावधानीले तातो कफी पोखिएर जलन भएको घटनामा दुई करोड ६२ लाख रुपैयाँ क्षतिपूर्ति भराउन फैसला सुनाएको छ। कतार एयरवेजमा यात्रा गरेकी ललितपुरकी प्रिती थापालाई तातो कफीले पोलेको घटनामा दायर मुद्दामा बिहीबार उपभोक्ता अदालतले क्षतिपूर्ति भराउने फैसला सुनाएको हो। थापाले कुल २० लाख अमेरिकी डलर अर्थात् तत्कालीन समयको…

Read More

‘एलएस होराइजन १२’ योजनामा लगानीकर्ताको उत्साहजनक आवेदन

काठमाडौं । लक्ष्मी सनराइज क्यापिटल लिमिटेड द्धारा व्यवस्थापन गरिएको ‘एलएस होराइजन १२’ योजनामा लगानीकर्ताको उल्लेखनीय आकर्षण देखिएको छ। मागभन्दा अत्यधिक आवेदन परेपछि योजनाको इकाई बिक्री आवेदन निर्धारित समयअघि नै बन्द गरिएको कम्पनीले जनाएको छ। लक्ष्मी सनराइज बैक लिमिटेड कोष प्रवर्द्धक तथा लक्ष्मी सनराइज क्यापिटल लिमिटेड योजना व्यवस्थापक रहेको यस बन्दमुखी सामूहिक लगानी योजनाको १२ करोड…

Read More

कर्णालीको अर्थतन्त्र दुई खर्ब ७७ अर्ब पुग्ने अनुमान

सुर्खेत । राष्ट्रिय तथ्याङ्क कार्यालयले सार्वजनिक गरेको आर्थिक वर्ष २०८२/८३ को प्रादेशिक कूल गार्हस्थ्य उत्पादनको प्रारम्भिक अनुमानअनुसार कर्णाली प्रदेशको अर्थतन्त्र करिब दुई खर्ब ७७ अर्ब पुग्ने अनुमान गरिएको छ । कार्यालयका अनुसार चालु आर्थिक वर्षमा कर्णाली प्रदेशले राष्ट्रिय कूल गार्हस्थ्य उत्पादनमा २.९४ प्रतिशत योगदान गर्ने अनुमान गरिएको छ । आर्थिक वर्ष २०८१/८२ मा प्रदेशको योगदान…

Read More

बागमती प्रदेशको आर्थिक वृद्धि सबैभन्दा उच्च

काठमाडौं । चालु आर्थिक वर्ष २०८२÷८३ मा बागमती प्रदेशको आर्थिक वृद्धि सबैभन्दा उच्च रहने प्रारम्भिक अनुमान गरिएको छ भने मधेश प्रदेशको आर्थिक वृद्धि सबैभन्दा न्यून रहने देखिएको छ । राष्ट्रिय तथ्यांक कार्यालयले बुधवार सार्वजनिक गरेको ‘प्रादेशिक कुल गार्हस्थ्य उत्पादन अनुमान’ सम्बन्धी प्रेस नोटअनुसार बागमती प्रदेशको आर्थिक वृद्धिदर ५ दशमलव ४० प्रतिशत पुग्ने अनुमान गरिएको हो ।…

Read More

मधेसको आर्थिक वृद्धि दर कमजोर रहने

जनकपुर। मधेस कृषि क्षेत्रमा नकारात्मक प्रभाव पारेका कारणले धान, मत्स्य तथा वन क्षेत्रले दिने योगदान तुलनात्मक रूपमा कम भएका कारणले चालु आर्थिक वर्षमा आर्थिक वृद्धि दर कमजोर रहने जनाइएको छ। राष्ट्रिय तथ्यांक कार्यालय, तथ्यांक समन्वय कार्यालय धनुषाले बुधबार सार्वजनिक गरिएको प्रादेशिक कुल गार्हस्थ्य उत्पादन अनुमानसम्बन्धी समष्टिगत आर्थिक सूचकमा त्यस्तो जनाइएको हो। यस पटक पर्याप्त मात्रामा पानी…

Read More